मजफो कालिन शक्तिशाली उपेन्द्र यादवको पुनरोदय हुने

२०७९ भाद्र १६ गते, बिहीबार

काठमाडौं । आसन्न निर्वाचनको सन्दर्भमा पार्टीहरुको अवस्थाबारे अनेक अड्कलबाजी भइरहँदा जनता समाजवादी पार्टी, नेपाल भने यसपालीको निर्वाचनबाट मजफो कालिन अवस्थाको पार्टी झै शक्तिशाली जसपाको उदय हुने दावी गर्दछ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतसंगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् । “कम्तीमा हामी मधेशमा गठबन्धन गर्नुपर्ने अवस्थामा छैनौँ । हामी मधेशका सबै क्षेत्रमा एक्लै लड्न समर्थ छौँ । मधेशका हरेक क्षेत्रका नेता कार्यकर्ताहरुको एउटै माग छ मधेशमा गठबन्धन नहोस् हामीलाई क्षति हुन्छ । हाम्रो जस्तोे बलियो आधार क्षेत्र त काङ्ग्रेसको पनि छैन अहिलेको अबस्थामा । विभिन्न पार्टीसंग एकताको नाममा भागबन्डा गर्नुपर्ने र पार्टीभित्र सन्तुलन मिलाउने नाममा योग्य उम्मेदवारले टिकट नपाउने कारणले पार्टी उठ्न सकेको थिएन अब उक्त अबस्था नरहेकोले यसपालीको निर्वाचनबाट जसपा मधेशमा एकछत्र छाउँछ” बस्नेतले भने ।


गठबन्धन गर्दा जसपाले जती क्षेत्र मधेशमा छोड्नुपर्छ त्यती नै क्षेत्र अन्यत्र जित्ने सुनिश्चिता भएमात्र गठबन्धन हुन्छ, अन्यथा गठबन्धन गर्नुपर्ने कारण रहदैन” बस्नेतले थपे ।
स्थानीय तहको निर्वाचनको अनुभव सुनाउँदै उनले भने, “विगतमा हामीले इमान्दारी पूर्वक गठबन्धनलाई सघायौँ तर गठबन्धनले हामीलाई भने धोका दिएको छ यसबाट हामीले पाठ सिकेका छौँ । पार्टीलाई स्थापित गराउँन र उत्पीडित समुदाय र श्रमजीविहरुको पार्टीको रुपमा जसपालाई स्थापित गराउँन हामी कुनै कसर बाँकी राख्दैनौँ” उनले भने ।
जसपाले मधेससंगै प्रदेश १ को मोरङ, सुनसरी, खोटाङ, धनकुटा, भोजपुर, लुम्बिनीको बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, बर्दिया सुदुरपश्चिमको कैलाली र कञ्चनपुर, बागमती प्रदेशको काठमाण्डौमा चुनाव जित्ने नेताहरुको दावी छ ।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal