मोतिराम जयन्तिमा नेपालको पुस्तक सार्वजनिक

२०७९ भाद्र १२ गते, आईतवार

काठमाडौं । कुशीऔँशी तथा मोतिराम जयन्तिका अवसरमा घुम्ती कवि गोष्ठी नेपालद्वारा आयोजित एक कार्यक्रममा लेखक नारायण नेपालको नौलो कृति हालसालै लोकार्पित गरियो । कपन काठमाण्डुस्थित यात्री पुस्तकालयमा मोतिराम सम्झनाविशेष रचना वाचन कार्यक्रमका विच वेदान्तअनुवादक तिलक लुइटेलका बाहुलीबाट दाजु-बहिनीका कुराु नामक एक बाल उपन्यास सार्वजनिक गरिएको हो । घुम्ती कविताका अध्यक्ष रामकुमार पण्डित, गीतकार विसु केसी, कवि कृष्णप्रसाद बस्याल अनि कवि विनोद दाहाल वत्सलगायतका व्यक्तित्वहरूको सिर्जना वाचन तथा श्रवण गरिएको थियो । पुस्तकालयका कार्यकारी कवि त्रिलोचन आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामचन्द्र दाहाल, दुर्गा भ्रमरकोटे, निबन्ध आचार्य, ओमकारप्रकाश नेपाल, सुशील पोख्रेल, मोहन कार्की, मिसन अधिकारी अनि किशोर श्रेष्ठलगायतका व्यक्तिहरूको उपस्थिति थियो । पुनश्चस् भुँडीपुराण प्रकाशनबाट आएको सो पुस्तक फरक रूपमा बालमनोविज्ञान बुझ्ने र बुझाउने साहित्यिक कडी हुनसक्ने लेखकको भनाइसहित समारोहको बिट मारिएको थियो ।

241 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal