काठमाडौँको मुहार फेर्न सडकमा उत्रिएका बालेनले गरे अर्को ठुलो घोषणा, बि,चल्लीमा परेकालाई हुने भयो ठुलो राहत !

२०७९ भाद्र ९ गते, बिहीबार

काठमाडौँको सडकको मुहार फेर्न फिल्मी शैलीमा एक्सनमा उत्रिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अर्को ठुलो घोषणा गरेका छन् ।

अनधिकृत रूपमा बनाइएका संरचनाहरू भ,त्काउन सुरु गरेका बालेनले सोही विषयलाई जोडेर अर्को घोषणा गरेका छन् ।महानगरको कदमले विचल्लीमा परेका भाडावालहरुलाई राहत हुनेगरी बालेनले घोषणा गरेका हुन् ।

काठमाडौं महानगरपालिका मेयर साहले भाडावालहरूलाई अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति भराउन महानगरले हदैसम्मको पहल गर्ने बताएका छन्। ‘अनधिकृत संरचनाहरूका भाडावालहरूलाई पर्न गएको असुविधाप्रति हामी दुःख व्यक्त गर्दछौं ।

’मेयर साहले भनेका छन्, ‘त्यस्ता संरचनाहरू भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याए बापत हुन सक्ने कानूनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउन चाहन्छौं।’

उनी भन्छन्, ‘हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ। तर, सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ।’

अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमनलगायतका गतिविधि सधैँ रहने उनले बताएका छन्।

उनी भन्छन्, यसैले हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैले भ,त्काउनुहोस्। यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस्।’ अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति उनले दुःख व्यक्त गरेका छन्।

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal