२ मेयरलाई दिपकको कटाक्षः लठ्ठी जुधाएर भाँच्यौ भने केले टेक्छौ ?
काठमाडौं । केहीदिनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् ।
काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् ।
यी दुई मेयरको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरुले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको रुपमा उनीहरु निर्वाचित भएका हुन् ।
उनीहरुबीचको घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् ।
कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘ लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





