ललितपुर महानगरले चाडपर्व खर्चको रूपमा ज्ये,ष्ठ नागरिकलाई बर्सेनि १० हजार रुपैयाँ दिने

२०७९ श्रावण २५ गते, बुधबार

ललितपुर महानगरपालिकाले ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन वर्षको १० हजार रुपैयाँ भत्ता दिने भएको छ । 

ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन सजिलो होस् भनेर वर्षमा एक पटक एकमुष्ट १० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी १० हजार रुपैयाँ दिन लागिएको उहाँले बताउनुभयो । 

ललितपुर महानगरपालिकामा ७० वर्षमाथिका झन्डै सात हजार ज्येष्ठ नागरिक रहेका छन् । सात हजार जनालाई १० हजार रुपैयाँका दरले रकम दिँदा महानगरको सात करोड रुपैयाँ खर्च हुनेछ । 

यसैगरी बि,रामी पर्दा उनीहरूकाे सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने तयारी गरेको पनि महर्जनले बताउनुभयो ।    

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal