बिष्णु माझीको चरी जे,लैमा भाग २ सार्बजनिक, दर्शक भन्छन छि यस्तो के गरेको ?

२०७९ श्रावण २५ गते, बुधबार

लोकगायिका विष्णु माझीले तीजको अवसरमा नयाँ गीत ‘चरी जे,लैमा-२’ ल्याएकी छन्। सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा माझीको नयाँ गीत आएको हो।

सपना म्युजिक इन्डिस्ट्रिजले ल्याएको गीत बुधबार साँझ यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। उनको नयाँ तिज गीत आज रिलिज भएको छ । तर, यसले उनका फ्यानहरूको तिर्खा सम्भवतः मेट्न नसक्ला ।

कारण यो गीत आवरणमा मात्रै नयाँ छ । अघिल्लो वर्षको ब्लक बस्टर ‘चरी जे,लैमालाई नै दोहोर्‍याएर बजारमा पस्किएका छन् विष्णु र उनका गीतकार श्रीमान् सुन्दरमणी अधिकारीले ।

यस वर्षको तिज गीतका रूपमा उनीहरूले ‘चरी जे,लैमा २’ ल्याएका हुन् । दोस्रो संस्करणमा सुन्दरमणीले चरम अल्छी गरेका छन् । यसमा लिरिक्सबाहेक नयाँपन केही पनि छैन ।

शब्दहरू ध्यान दिएर नसुन्ने हो भने यो गीत नयाँजस्तै लाग्दैन । गीतको उठानदेखि सबै धुनहरू हुबहु पुरानै छन् । संगीतमा कुनै नयाँ प्रयोग गरिएको छैन ।गीतको भिडियो नयाँ छ, तर यसले पनि खासै नयाँ अनुभूति गराउँदैन ।

गीतको भिडियो हेर्ने अधिकाम्स दर्शक सन्तुष्ट छैन उनिहरुले छि के गरेको यस्तो भन्दै कमेन्ट गरेका छन् ।भिडियोमा पहिलेकै कलाकार ललिता पौडेलले अभिनय गरेकी छन् ।

कोरस नृत्याङ्गना अत्यधिक प्रयोग गरिएको छ भने गीतको लोकेसन नयाँ छ ।चरी जे,लैमा २ लाई सुन्दरमणीको होम प्रोडक्सन सपना म्युजिक इन्डष्ट्रीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतलाई दर्शकरश्रोताले कति रुचाउँछन् १–२ दिनमै थाहा हुन्छ । अघिल्लो वर्ष चरी जे,लैमाले छोटो समयमा करोड क्लवमा प्रवेश गर्ने कीर्तिमान कायम गरेको थियो ।

103 Views

ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)

२०८१ माघ १६ गते, बुधबार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal