यि युवा जसले नेपाललाई 23 औ पटक सगरमाथा आरोहण गरि विश्वभर चिनाउन सफल भए हार्दिक बधाई।

२०७९ श्रावण २४ गते, मंगलवार

२३ औँ पटक आरोहण गरेर आफ्नै किर्तिमानी तोड्नु भएको छ, कस्तो महशुस हुँदै छ ?

मलाई त खुशी लागिराखेको छ । म रेकर्ड राख्नको लागि मात्र होइन, नेपाल राष्ट्रलाई विश्वमा चिनुन् भनेर आरोहण गरेको हुँ । आफ्नो रेकर्डलाई आफैंले ब्रेक गर्ने भन्ने मेरो उद्देश्य होइन ।

अझै नेपालमा यस्ता व्यक्तिहरु पाउँदो रहेछ भन्ने विश्वलाई थाहा होस् भनेर हिमाल चढेको हुँ । म खुशी छु । मेरो शेर्पा समुदाय र नेपालको नाम राख्न पाउँदा निकै खुशी छु ।

फेरी अर्को आरोहणका लागि जान लाग्नुभएको छ रे, हो ?

म जान पनि सक्छु, नजान पनि सक्छु । हुन चाँही मैले इन्डियन पुलिस टिमको लिडिङ गर्नुपर्ने हो । अहिले निश्चित भइसकेको छैन । जानुपर्छ भनिरहेका छन् ।

यत्तिका पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथाको रुट र विश्व वाष्पिकरणले हिमालमा कस्तो क्षति पुगेको देख्नुभएको छ ?

ग्लोबल वार्मिङको कारणले कस्तो क्षति र्पुयाइरहेको छ भनेर त सोधिरहन जरुरी देख्दिन । पहिले आधारशिविर कस्तो थियो अहिले कस्तो भईसकेको छ । धेरै परिवर्तन भईसकेको छ । चट्टानहरु निस्किएका छन् । हिउँ घटेको छ ।

यसलाई न्यूनीकरण गर्न के गर्न सकिएला ?

यसलाई हामीले रोक्न त सकिन्न होला । एक त मौसमले साथ दिनुर्पयो । अर्को कुरा सरसफाईलाई ध्यान दिनुर्पयो । सफाइकै लागि क्लिन अभियान त यसपालीदेखि शुरु भएको छ । यो पर्याप्त भने भएन ।

यो अभियानमा सफाई गर्ने आठजना शेर्पा छन् । बेसक्याम्पमा बस्ने चाहीँ नौ दश जना छन् । मलाई अलि यो चित्त बुझेन । बेस क्याम्पमा बसेर हैन । माथी पैसा दिएर २२–२३ जना शेर्पा पठाउँ न ।

चौथो शिविरमा अहिले एकदमै फोहोर देखिन्छ । मसँग भिडियो नै छ । यसमा सरकारले सरसफाइमा बजेट पठायो भन्दैमा कसरी खर्च भएको छ भनेर ख्याल गर्नुपर्छ ।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal