यि युवा जसले नेपाललाई 23 औ पटक सगरमाथा आरोहण गरि विश्वभर चिनाउन सफल भए हार्दिक बधाई।

२०७९ श्रावण २४ गते, मंगलवार

२३ औँ पटक आरोहण गरेर आफ्नै किर्तिमानी तोड्नु भएको छ, कस्तो महशुस हुँदै छ ?

मलाई त खुशी लागिराखेको छ । म रेकर्ड राख्नको लागि मात्र होइन, नेपाल राष्ट्रलाई विश्वमा चिनुन् भनेर आरोहण गरेको हुँ । आफ्नो रेकर्डलाई आफैंले ब्रेक गर्ने भन्ने मेरो उद्देश्य होइन ।

अझै नेपालमा यस्ता व्यक्तिहरु पाउँदो रहेछ भन्ने विश्वलाई थाहा होस् भनेर हिमाल चढेको हुँ । म खुशी छु । मेरो शेर्पा समुदाय र नेपालको नाम राख्न पाउँदा निकै खुशी छु ।

फेरी अर्को आरोहणका लागि जान लाग्नुभएको छ रे, हो ?

म जान पनि सक्छु, नजान पनि सक्छु । हुन चाँही मैले इन्डियन पुलिस टिमको लिडिङ गर्नुपर्ने हो । अहिले निश्चित भइसकेको छैन । जानुपर्छ भनिरहेका छन् ।

यत्तिका पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथाको रुट र विश्व वाष्पिकरणले हिमालमा कस्तो क्षति पुगेको देख्नुभएको छ ?

ग्लोबल वार्मिङको कारणले कस्तो क्षति र्पुयाइरहेको छ भनेर त सोधिरहन जरुरी देख्दिन । पहिले आधारशिविर कस्तो थियो अहिले कस्तो भईसकेको छ । धेरै परिवर्तन भईसकेको छ । चट्टानहरु निस्किएका छन् । हिउँ घटेको छ ।

यसलाई न्यूनीकरण गर्न के गर्न सकिएला ?

यसलाई हामीले रोक्न त सकिन्न होला । एक त मौसमले साथ दिनुर्पयो । अर्को कुरा सरसफाईलाई ध्यान दिनुर्पयो । सफाइकै लागि क्लिन अभियान त यसपालीदेखि शुरु भएको छ । यो पर्याप्त भने भएन ।

यो अभियानमा सफाई गर्ने आठजना शेर्पा छन् । बेसक्याम्पमा बस्ने चाहीँ नौ दश जना छन् । मलाई अलि यो चित्त बुझेन । बेस क्याम्पमा बसेर हैन । माथी पैसा दिएर २२–२३ जना शेर्पा पठाउँ न ।

चौथो शिविरमा अहिले एकदमै फोहोर देखिन्छ । मसँग भिडियो नै छ । यसमा सरकारले सरसफाइमा बजेट पठायो भन्दैमा कसरी खर्च भएको छ भनेर ख्याल गर्नुपर्छ ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal