ख,ल्लो भयो प्रचण्डको जापान भ्रमण, सर्वत्र आ,लोचना र वि,रोध, जापानी भाषामापनि झु,टको समाचार प्रकाशित
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण उनका लागि प्रत्युत्पादक भएको छ।
जापानको नरिता विमानास्थलमा ओर्लेपछि नेपाली संचारमाध्यमहरुसँग बोल्ने क्रममा हालै हत्या गरिएका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेका बारेमा हुँदै नभएको टिप्पणी गरी आफूलाई जापानी नेतासँगको सम्पर्क भएको नेपाली नेताका रुपमा चिनाउन खोजेपछि उनीमाथि जापानवासी नेपालीहरु खनिएका छन्।
सामाजिक सञ्जालहरुमा उनको भ्रमणको औचित्यमाथि प्रश्न गर्नेहरुको बाढी नै आएको छ । गोली हत्या गरिएका जापानी नेता आवे जापानवासी नेपालीहरुमाझ निकै लोकप्रिय नाम हो। उनीप्रति सम्मान व्यक्त गर्ने लहर नै चलेको बेला ती नेपालीको भावना जित्न जापानवासी नेपालीहरुलाई गलत तथा भ्रामक कुरा गरेकाले प्रचण्डको भ्रमण उनका लागि प्रत्युत्पादक भएको हो।
नेपालमा चुनाबको मिति घोषणा भएसँगै माओवादी अध्यक्ष प्रचण्डको जापन दौडाहा सुरु गरेका थिए। जब प्रचण्ड जापाको नारिता बिमानस्थल ओर्लिएर कार्यकर्तासँग बहकिएर बोल्ने क्रममा उनले जापानी पूर्ब प्रधानमन्त्री सिन्जाे आबेसँग नेपाल आएको बेला दुई तीनपटक कुरा भएको र आफ्नो सुमधुर सम्बन्ध रहेको बताउँदै जापान आउँदा आफूले उनलाई भेट्ने इच्छा राखेको तर जुन घटनाक्रमले सिन्जाे आबेको हत्या भयो त्यो दुखद रहेको बताएका थिए।
उनले आवेको परिवारप्रति साहनुभूति समबेदना पनि प्रकट गरेका थिए । नेपाल भ्रमण गर्दै नगरेका पूर्ब जापानी प्रधानमन्त्री सिन्जाे आबेलाई भ्रमणमा आउदा भेटवार्ता गरेको हुँदै नभएको कुरा गरेका थिए ।
यस क्रममा जापान भ्रमणमा रहनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका थिए।
जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताए त्यस्तै जापानले नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद समेत दिएका थिए।
नागरिकता ऐन संसदबाट पारित गरेर गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले विधेयकमा गैरआवासीय नेपालीको हितलाई बढी ध्यान दिइएको बताएर जापानवासी नेपालीको मन जित्ने कोसिस गरेका थिए।
आइतबार अध्यक्ष दहालले जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको क्षेत्र जापानले कसरी समृद्धि हासिल गर्न सक्यो त्यसको अध्ययन गर्ने उनले बताएका थिए।
त्यस्तै अध्यक्ष दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार र आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा प्रमुख अतिथि हुनेछन्।
जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
तर, जापानमा हत्यापछि अत्यन्त सम्मानित बनेका नेता आवेको बारेमा भ्रमपूर्ण कुरा गरेको कुरा जापानी भाषाहरुमा समेत प्रकाशित भई सामाजिक सञ्जालभरि फैलिएपछि जापानी नेताहरुसंग उनले कसरी प्रस्तुत हुने हुन् भन्ने जिज्ञासा पनि जापानवासी नेपालीहरुले राखेका छन्।
ताजा
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारशिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने
२०८३ जेष्ठ १० गते, आईतवारवैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका
२०८३ जेष्ठ १० गते, आईतवार
१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’
२०८३ जेष्ठ १० गते, आईतवार
सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई
२०८३ जेष्ठ १० गते, आईतवार
ओलीलाई अझै अप्ठ्यारो
२०८३ जेष्ठ १० गते, आईतवार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





