आस्पताल नपुग्दै बाटैमा जन्मियो बच्चा, आमा र बच्चाको स्वास्थ्यलाभको कामना गर्दै सक्दो शेयर गर्नुहोस

२०७९ श्रावण २३ गते, सोमबार

ओखलढुङ्गाको सुनकोसी गाउँपालिकाकी एक महिलाले आईतवार बाटैमा बच्चा जन्माएकी छन् । सुनकोसी गाउँपालिका वडा नं. ९ की लालीमाया खत्री रापचाले बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नहुँदा बाटैमा बच्चा जन्माएकी हुन् ।

सु,त्केरी खत्री रापचाको परिवारले केहिदिन अगाडी देखी नै स्थानीय स्वास्थ्य चौकीमा स्टाफ भए नभएको बारेमा सोधेको थिए । स्वास्थ्य चौकीका ईञ्चार्ज भानुभक्त बास्तोलाले बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नभएकोले अस्पतालमा लैजान सुझाएका थिए ।

तर उनीहरु भने गाउमा नै बर्थिङ सेन्टर भएको र त्यही नर्सिङ स्टाफ आउने आशामा गर्भवतीलाई अस्पताल नलगी घरै राखेका थिए ।तर आईतवार सम्म पनि वर्थिङ सेन्टरमा नर्सिङ स्टाफ आएनन् ।

आईतवार नै उनीलाई सुत्केरी व्यथा लाग्यो । सु,त्केरी व्य,था लागेपछि सहयोगका लागि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै उनले छोरालाई जन्म दिईन् । बाटैमा सुत्केरी गराउने काममा महिला स्वास्थ्य स्वयंसेविका मुना श्रेष्ठले सहयोग गरिन् ।

स्वास्थ्य चौकी प्रमुख बास्तोलाले बर्थिङ सेन्टरमा ३ जना पारामेडि, दुई जना नर्सिङ स्टाफको दरबन्दी भएको बताए ।

दुई जना नर्सिङ स्टाफको दरबन्दी भएपनि एकजना आफै सु,त्केरी विदामा घर बसेको र अर्को एक जनालाई गाउँपालिकाले काजमा सरुवा गरी गाउँपालिका केन्द्र रहेको स्थान मुलखर्क स्वास्थ्य चौकीमा पठाएको बताए ।

बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नभएपछि सु,त्केरी गराउन स्वास्थ्य चौकी च्यानम वा सामुदायीक अस्पताल ओखलढुङ्गा लैजान आफुले सिफारिस गरेकोमा स्वाथ्य चौकी लैजाने क्रममा बाटैमा बच्चा जन्माएको स्वास्थ्य चौकी प्रमुख बास्तोलाले बताए ।

बाटैमा बच्चा जन्मिएपछि सु,त्केरीलाई स्टेचरमा स्वास्थ्य चौकी पुर्याईएको थियो । तर बच्चा समय नपुगी जन्मिएको र जन्मिएको बच्चाको तौल औषत भन्दा कम भएकोले आफुहरुले सक्ने व्यबस्थापन गरि सामुदायीक अस्पताल पठाईएको पनि स्वास्थ्य चौकी प्रमुख बास्तोलाले बताए ।

बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नहुदा ग,र्भवती, सु,त्केरीहरुलाई स,मस्या भएको बास्तोलाले बताए ।स्वास्थ्य चौकीलाई एक दातृ निकायले भिडियो एक्सरे उपलब्ध गराएको भएपनि त्यो चलाउन सक्ने दक्ष जनशक्ति नभएको तथा स्वास्थ्य चौकीमा भएको स्टाफलाई समेत पालिकाले काजमा लगेको भन्दै स्थानीयले आक्रोस ब्यक्त गरेका छन् ।

नागरिकको स्वास्थ्यको बारेमा नवनिर्वाचित जनप्रतिनिधीहरुले समेत बेवास्ता गरेको उनीहरुको आरोप छ । नागरिकको गु,नासोका बारेमा धारणा बुझ्न वडा अध्यक्ष हितराज कार्कीलाई फोन सम्पर्क गर्दा फोन उठेन ।

‘कर्मचारीको ब्यवस्थापन नगर्दा नागरिकहरुलाई भएको असुविधा प्रति पालिका जिम्मेवार बन्नुपर्नेमा पालिका समेतले चासो नदिएको पाईएको छ । गरिबी र चेतनाको कमीले गर्दा पनि महिलाहरूलाई अझै घरमै सु,त्केरी गराउने क्रम रोकिएको छैन ।

गाउँगाउँमा लाखौको लगानीमा वर्थिङ सेन्टरका लागि पूर्वाधार बनेपनि नर्सिङ स्टाफ विहीन बनाएर कुनै पनि स्वास्थ्य चौकी राख्दा अकालमा सु,त्केरी र अन्य बि,रामीको ज्यान जानसक्ने भन्दै सरोकारवालाहरुले चि,न्ता व्यक्त गरेका छन् ।

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal