युरोपमा नेपाली फेसन डिजाइनर आरतीको उडान

२०७९ श्रावण २३ गते, सोमबार

काठमाडौं । मिस ग्रान्ड बेल्जियममा नेपाली नेपाली फेसन डिजाइनरको दबदबा रह्यो । दोश्रो पटक बेल्जियममा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता मिस ग्रान्ड बेल्जियमका प्रतिस्पर्धीको ड्रेस डिजाइन नेपाली फेसन डिजाइनर आरती प्रधान काफ्लेले गरेकी थिइन् । मिस ग्रान्ड बेल्जियमको अफिसियल ड्रेस डिजाइनर रहेकी आरतीले तयार गरेका पहिरनहरुमा फाइनल राउन्डमा पुगेका सुन्दरीहरुले क्याटवाक गरेका थिए ।
प्रधानले बेल्जियमको प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाउन पाएकोमा खुसी व्यक्त गरिन् । बेल्जियममा व्यवसायिक ड्रेस डिजाइन कोर्स गरेर व्यवसाय गर्दै आएकी आरतीले तयार पारेका पहिरनले एकपछि अर्को चर्चा पाइरहेका छन् । बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुन् । पहिरन डिजाइनरका रूपमा आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित विधामा उच्च शिक्षा हासिल गरेकी छिन् । प्रतियोगिताको ताज अलिशा गिल्लियार्तले जितिन् ।
फस्र्ट रनरअप सारह मारिया र सेकेड रनरअप देनिसा सबेक्स बने । मिस सोसल मिडिया रेसिया राय, मिस पर्सानालिटी आन्के द ब्लिक, मिस फोटोजेनिक डेनिसा सबेक्स र मिस च्यारिती सराह मारियाले जिते । बेल्जियमको लिन्ट सहरमा भएको विश्वकै प्रतिष्ठित प्रतियोगिताको व्यवस्थापन नेपाली चलचित्रमा अभिनय गरेकी युरोपियन नायिका क्यारोलिन कोलिन्दाले गरेकी हुन् ।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal