राष्ट्रपतिसँग भेट्न नपाएपछि पार्टी अध्यक्षले लेखे खुल्लापत्र
काठमाडौं । सरकारले संसद्बाट पास गरेको नागरिकता विधेयकका बारेमा आफ्नो असन्तुष्टि राख्न राष्ट्रपति कार्यालय पुगेको नेपाल समाजवादी कांग्रेसले राष्ट्रपतिसँग भेटेर आफ्नो कुरा राख्न पाएन । पार्टीले नागरिकता विधेयक देशघाती छ भन्ने ठहर गर्दै त्यसबारे जानकारी दिन राष्ट्रपतिलाई भेट्ने योजना बनाए पनि भेट गर्नलाई समय नमिलाएकाले बाध्यताले खुलापत्र लेख्नुपरेको पार्टी अध्यक्ष गोविन्द निरौलाले बताएका छन् । ‘हामीले पटक पटक भेट्ने प्रयास गरेका हौं तर पाइनौं, राष्ट्रपतिका मान्छेहरुले हामीलाई पत्याएनन् र बेवास्ता गरे’ अध्यक्ष निरौलाले भने ‘हामी धेरै समयसम्म समय मिल्छ कि भनेर पर्खेर बस्यौं, अनेक भित्री र बाहिरी स्वार्थ भएकाहरुले भनें सजिलै भेट्न समय पाए ।’ निरौलाले नागरिकता विधेयकले देश टुक्रिने र भोलिको दिनमा थप संकट आउने भएकाले त्यसलाई रोक्न राष्ट्रपतिलाई आग्रह गर्ने आफूहरुको कार्यक्रम भएको बताए । राष्ट्रपतिसँग भेट्न नपाएपछि अध्यक्ष निरौलाले राष्ट्रपतिलाई खुलापत्र भन्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो पोष्ट गरेका छन् । (सम्पादनसहित)
हुन त तपाईं एमालेकै कार्यकर्ता हो । म तपाइलाई मोरङ क्याम्पस पढ्दादेखि नै चिन्दछु, तपाईं त्यो समयमा अखिल पाँचौबाट महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष हुनुभयो । जुन समय थियो म नेपाल विद्यार्थी संघको जिल्ला सचिव थिए ।
दुई विपरीत बिचार भएका हामीविच तपाईंसँंग मैले गुनासो गर्नु व्यर्थ हो । तापनि अहिलेको समयमा तपाईं देशको राष्ट्रपति हुनुभएको छ । लागेको थियो सबै नेपाली जनताको राष्ट्रपति हुनुभएको होला तर अवस्था त्यसो रहेनछ ।
मलाई विश्वास छैन, मदन भण्डारी भएको भए तपाईं राष्ट्रपति हुनुहुन्थ्यो या हुनु हुन्थेन । उहाँ मेरो परम मित्र हुनुहुन्थ्यो, आपसी सम्बाद हुने गथ्र्यो ।
सम्माननीय राष्ट्रपती विद्यादेवी भण्डारी ज्यु
राष्ट्रपतिको कार्यालय, शीतलनिवास काठमाडौँ ।
विषय – देशमा घोषणा गरिएको राज्यब्यवस्था र पारित गरिएको नागरिकता विधेयकबारे ।
संघीयता र धर्मनिरपेक्षताको माध्यमबाट देशलाई विखण्डन गरेर भए पनि तपाईं राष्ट्रपति हुनुभएको छ, बधाई । आग्रह छ देश विघटन गरेर नेपाली जनता शरणार्थी नबनाई दिनुस् ।
शायद तपाईकै कार्याकालभित्र होला वाइडबडी, एनसेलको राजश्व छलि, नेपाल टेलिकमको फोरजि घोटालाजस्ता भ्रष्टाचार काण्ड भएको कुरा सार्वजनिक भएका छन् ।
तपाईं समेतको पार्टी सम्मिलित भएर महाकाली भारतलाई जिम्मा लगाइएको छ । देशमा भएका उद्योगधन्दा ध्वस्त गरिएका छन् । युवा भाइबहिनीहरुलाई विदेश पलायन गराएर मुलुकलाई बृद्धबृद्धाको आश्रयस्थल बनाइएको छ । आर्थिक अवस्था भिक्षादानको माध्यमलाई अलग राखेर चल्न सकेको छैन । शेरबहादुर देउवालाई अदालतबाट प्रधानमन्त्री नियुक्त गराएर जसरी प्रजातन्त्र मासि दिनु भएको छ बधाई नभनी रहन सक्दैनौ । भर्खर मात्र पास गरेर तपाइकोमा प्रमाणीकरणको लागि पेश हुन आएको नागरिकता विधेयक देशको हितविरुद्ध भएकोले बिफल बनाएर मुलुकको रक्षा गर्न हार्दिक अनुरोध गर्दछौ । देश विकासका धेरै आशा गरेका छैनौँ । इतिहासको पानामा स्वर्ण अक्षर अंकित गराउने हो भने संघीयता, धर्मनिरपेक्षता खारेज भएको घोषणा गरेर प्रजातन्त्र, राजसंस्था र हिन्दुराज्य स्थापना भएको घोषणा गरिदिनुस् । राष्ट्रिय सरकार, राष्ट्रिय सहमति, अनि नयाँ संविधानको घोषणा गराँै । हामीहरु वर्तमान राज्य व्यवस्थाका विरोधी हौँ भेट नदिनुस् । हुलाकबाट पठाएको ज्ञापनपत्र पढेर फ्यालिदिँदा हुन्छ, कारण त्यो ज्ञापनपत्र कुनै कम्युनिष्टहरुको लेटर प्याडमा नभएर नेपाल समाजवादी काँग्रेस लेखिएको लेटरप्याडमा लेखिएको छ र नेपाल समाजवादी काग्रेस वर्तमान शासनसत्ताविरोधी राजनीतिक दल हो । सार्वजनिक अपिल गर्दै देश बचाउन आग्रह गरेका छौ । सबै नेपाली मिलेर देश बचाऔ । जय नेपाल ।
गोबिन्द निरौला
अध्यक्ष, नेपाल समाजवादी काग्रेस
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





