ट्रक पल्टिँदा चालकको मृ,त्यु

२०७९ श्रावण २२ गते, आईतवार

बुटवल । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा प,ल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्या,न ग,एको छ ।

आज विहान ट्रक दु,र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल ख,सेको थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा एक सय ५३ योजना कार्यान्वयन गरेको छ । पूर्वाधारसँग सम्बन्धित एक सय ५९ योजना छनोट भएकामा एक सय ४३ उपभोक्ता समिति र १० ठेक्का प्रक्रियाबाट कार्यान्वयन भएको गाउँपालिकाका प्राबिधिक शाखाले जनाएको छ ।

शाखाका प्रमुख इन्जिनियर सुदीप गौतमले पूर्वाधार योजनाहरुका लागि विनियोजन भएको रु ११ करोड ७७ लाख ४७ हजार बजेटमध्ये ७२.९२ प्रतिशत अथवा रु आठ करोड ५८ लाख ७२ हजार पाँच सय ४७ खर्च भएको जानकारी दिनुभयो ।

यो विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमका ३० योजना बाहेकका हुन् । २५ भवन, ३५ सडक, ३२ स्वास्थ्य, शैक्षिक संस्था र खेलकुद पूर्वाधार, ११ खानेपानी तथा ढल, १७ गोरेटोबाटो, एक सिँचाइ, एक विद्युत्, आठ सम्पदा र बस्ती संरक्षण, चार मन्दिर, तीन जग्गा व्यवस्थापन र आठवटा अन्य शीर्षकका योजना कार्यान्वयन भएका हुन् ।

सो अवधिमा ७.५८ किलोमिटर सडक निर्माण, ५२ किलोमिटर सडक स्तरोन्नति, ४०५ मिटर पक्की नाली निर्माण, ८.८६ किलोमिटर गोरेटो बाटो निर्माण, ६ वटा पोखरी र तालतलैया, एकवटा चिस्यान गृह, १४ वटा सामुदायिक भवन निर्माण र मर्मत, दुई सय मिटर घेराबार, चार विद्यालय भवन निर्माण र १४ वटा मर्मत, दुई सय सात घरधुरीमा खानेपानी सुविधा विस्तार, १० वटा खेलमैदान निर्माण, सात सय मिटर ढल निकास गर्ने नाली बनाइएको छ ।

टोड्केमा उद्यान र मौवाफाँटमा गाउँपालिका भवन निर्माण गरेको रघुगङ्गाको भगवतीमा वडा नं २ को वडा कार्यालय र चिमखोलामा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छ ।

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत ६५ वटा घर निर्माणाधीन रहेका र मनसुनजन्य विपद्बाट प्रभावित १३ वटा पुनः निर्माण र प्रबलीकरण भएका छन् ।

लेखा अधिकृत खगराज सुवेदीले गत आर्थिक वर्षमा कुल रु ४८ करोड ९४ लाख ५७ हजार दुई सय पाँच विनियोजन भएकामा रु ४४ करोड २८ लाख १६ हजार आठ सय ९५ खर्च भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको रु ३६ लाख मात्र बेरुजु रहेको बताउनुभयो ।

आन्तरिक लेखा परीक्षक कुशल ढुङ्गानाले रु एक करोड तीन हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेकामा रु ७७ लाख मात्र आम्दानी भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्नाका साथै सूचना प्रविधिको प्रयोग गरेर गाउँपालिका, वडा र शाखा कार्यालयको सेवालाई नागरिकमैत्री बनाउने प्रयास गरेको, राजश्व सङ्कलनमा सफ्टवेयरको प्रयोग गरिएको जानकारी दिनुभयो । रासस

141 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal