नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जिनियरमा प्रथम
नेपाल र नेपालीहरुका केही पौरख र सफलता देखेर विश्वका मानिस चकित बन्छन् ।
यस्तै नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जिनियरमा प्रथम भएका छन् । विश्वका ईञ्जिनियरहरु विचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम भएका हुन्।
टाटा मोटर्स अन्तर्गत डिसेम्बर १६ तारेख (पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पि यन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिङ प्रालिका मेनेजर ई . सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत भएका हुन्।
क्षेत्रीय, राष्ट्रिय हुदै सार्कमा सम्पन्न फेष्टमा प्रथम हुदै अन्तिम चरणमा प्रबेश गरेका गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ठ बनेका अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम भएका हुन्।
लिखित, अभ्यास र अन्तर्वार्ता परिक्षाबाट उत्कृष्ठ बनेका गुरुङले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा प्रथम हुनका लागि दैनिक १४ घण्टा मिहिनेत गरेको बताए। मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नका लागि आफूले गरेको परिश्रमका कारण सफ लता प्राप्त भएको बताए।
पुम्दीभुम्दी गाँउ भई हाल पोखरा उपमहानगर पालिका वडा नं। ७ एयरपोर्ट अन्नपुर्ण टोल निवासी बाबा लछिमान गुरुङ र आमा दुर्गा कुमारी गुरुङको २८ वर्षीय छोरा ई. गुरुङले ललितपुरस्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सन् २० १० मा मेकानिकल इञ्जिनिरिङमा बीई उतिर्ण गरी पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिङ प्रालिमा कार्यरत रहदै आएका छन्।
इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा प्रवेशका लागि पश्चिमाञ्चल क्षेत्रीय फेष्टमा प्रथम हुदै १० हजार रुपैया, राष्ट्रिय प्रतियोगितामा द्वितीय र भारतको उत्तराखण्ड पञ्चनगरमा गत नोभेम्वर १५ तारिख सम्पन्न सार्कस्तरीय फेष्टमा प्रथम स्थान हासिल गरेका थिए।
पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदा १० हजार , राष्ट्रियमा २० हजार, सार्कमा एक हजार डलरसहित पुरस्कृत बनेको उनले जानकारी दिए।३५ देशमा रहेका टाटा मोटर्सको डिलरमा कार्यरत क्षेत्र देशीयबाट उत्कृष्ट २६ इञ्जिनियरहरुविच इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको थियो ।
फेष्टहरुले आफूलाई अन्तर्राष्ट्रिय एक्पोजर दिएको बताउने ई. सन्दीप गुरुङले नेपालमै रहेर ईञ्जिनियरिङ क्षेत्रबाट सेवा प्रदान गर्ने योजना रहेको बताए।प्रतिभावन आफ्नो भाञ्जा ई।
सन्दीपमा रहेको ज्ञान, क्षमता, अनुभव नेपाल र नेपालीका लागि उपयोग गर्न गराउन सम्बन्धित पक्षले पनि ध्यान पुर्याउन तमु सहयोग समिति पार्दीका निवर्तमान अध्यक्ष मामा क्या. चेतबहादुर तमुले आग्रह गरेका छन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





