नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जिनियरमा प्रथम

२०७९ श्रावण २२ गते, आईतवार

नेपाल र नेपालीहरुका केही पौरख र सफलता देखेर विश्वका मानिस चकित बन्छन् ।

यस्तै नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जिनियरमा प्रथम भएका छन् । विश्वका ईञ्जिनियरहरु विचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम भएका हुन्।

टाटा मोटर्स अन्तर्गत डिसेम्बर १६ तारेख (पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पि यन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिङ प्रालिका मेनेजर ई . सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत भएका हुन्।

क्षेत्रीय, राष्ट्रिय हुदै सार्कमा सम्पन्न फेष्टमा प्रथम हुदै अन्तिम चरणमा प्रबेश गरेका गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ठ बनेका अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम भएका हुन्।

 लिखित, अभ्यास र अन्तर्वार्ता परिक्षाबाट उत्कृष्ठ बनेका गुरुङले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा प्रथम हुनका लागि दैनिक १४ घण्टा मिहिनेत गरेको बताए। मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नका लागि आफूले गरेको परिश्रमका कारण सफ लता प्राप्त भएको बताए।

पुम्दीभुम्दी गाँउ भई हाल पोखरा उपमहानगर पालिका वडा नं। ७ एयरपोर्ट अन्नपुर्ण टोल निवासी बाबा लछिमान गुरुङ र आमा दुर्गा कुमारी गुरुङको २८ वर्षीय छोरा ई. गुरुङले ललितपुरस्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सन् २० १० मा मेकानिकल इञ्जिनिरिङमा बीई उतिर्ण गरी पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिङ प्रालिमा कार्यरत रहदै आएका छन्।

इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा प्रवेशका लागि पश्चिमाञ्चल क्षेत्रीय फेष्टमा प्रथम हुदै १० हजार रुपैया, राष्ट्रिय प्रतियोगितामा द्वितीय र भारतको  उत्तराखण्ड पञ्चनगरमा गत नोभेम्वर १५ तारिख सम्पन्न सार्कस्तरीय फेष्टमा प्रथम स्थान हासिल गरेका थिए।

पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदा १० हजार , राष्ट्रियमा २० हजार, सार्कमा एक हजार डलरसहित पुरस्कृत बनेको उनले जानकारी दिए।३५ देशमा रहेका टाटा मोटर्सको  डिलरमा कार्यरत क्षेत्र देशीयबाट उत्कृष्ट २६ इञ्जिनियरहरुविच इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको थियो ।

फेष्टहरुले आफूलाई अन्तर्राष्ट्रिय एक्पोजर दिएको बताउने ई. सन्दीप गुरुङले नेपालमै रहेर ईञ्जिनियरिङ क्षेत्रबाट सेवा प्रदान गर्ने योजना रहेको बताए।प्रतिभावन आफ्नो भाञ्जा ई।

सन्दीपमा रहेको ज्ञान, क्षमता, अनुभव नेपाल र नेपालीका लागि उपयोग गर्न गराउन सम्बन्धित पक्षले पनि ध्यान पुर्याउन तमु सहयोग समिति पार्दीका निवर्तमान अध्यक्ष मामा क्या. चेतबहादुर तमुले आग्रह गरेका छन्।

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal