के तपाई हाँस्नुहुन्छ ? सधैं हँसिलो रहँदा यस्ता हुन्छन फाइदैं-फाईदा (कृपया पुरै पढि शेयर गर्नुहाेला)

२०७९ श्रावण २१ गते, शनिबार

सधैं तनाबका बिचमा रहनेहरु भन्दा हंसमुख भएकाहरुले अरूको मन सजिलै जित्न सक्छ । यसर्थ, हँसिलो मुहार भएको मानिस सबैको प्यारो पनि हुन्छ ।

प्रायः सफल मानिसका पछाडि हाँस्नु अर्थात् खुसी रहनुले विशेष अर्थ राखेको हुन्छ । अर्थात्, जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ । हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ ।

तनाव कमः हामी हाँस्दा हाम्रो शरीरमा एडोलसेन्स नामक हर्मोन उत्पन्न हुन्छ । यो हर्मोनको काम तनाव कम गर्ने हो ।

तसर्थ, दिल खोलेर हाँसेर तनाव व्यवस्थापन गर्न सकिन्छ । तनावकै कारण हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ ।

स्वस्थ जीवनः हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसकारण हाम्रो शरीरमा स्वतः ऊर्जा आउँछ । खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ ।

शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । त्यस्तै, हाँसोले प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने भएकाले शरीरलाई बाहिरी ब्याक्टेरियाबाट जोगाउँछ ।

व्यवसायमा सफलः व्यवसाय गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छ । अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक–अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । हँसिला मानिस मात्र व्यवसायमा सफल छन् भन्ने प्रमाणित भइसकेको तथ्य हो ।

सकारात्मक ऊर्जा पैदाः जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ ।

अनि, शरीरमा सकारात्मक ऊर्जा प्रदान हुन्छ । खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ ।

सामाजिक सम्बन्ध विकासः अमेरिकामा भएको एक अध्ययनले हँसिला मानिसको परिवारमा सम्बन्धविच्छेद कम हुने देखाएको थियो । मुस्कुराएर बोल्दा परिवारमा झैझगडा कम हुने, सम्बन्ध सुमधुर रहने हुन्छ । यसले एक–अर्कामाथि द्वेषको भावना आउँदैन । एजेन्सीको सहयोगमा

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal