तिजको गीतमा पेटीकोट डान्स सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भिडियाे भाइरल…

२०७९ श्रावण २१ गते, शनिबार

हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो । यसपाली पनि अछुतो नरहला जस्तो छ । सुशीला पाठकको स्वरमा तीन दिनअघि रिलिज भएको गीत ‘पापाकी परी’ ले तिजको माहोल तताउने लक्षण देखिएको हो ।

यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृत्यले चर्चा बटुलिरहेको छ । एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन्। गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो । शिव हमालका शब्दमा आशिष अविरलको संगीत यसमा छ ।

गीत जति मनोरञ्जनात्मक छ, म्युजिक भिडियाको बेग्लै आकर्षण छ । करिश्माको उन्मूक्त डान्स र हाउभाउको धेरैले प्रशंसा गरेका छन् ।गीतमा केहीले नकारात्मक कमेन्ट पनि गरेका छन् । गीतका केही शब्दहरु उछृङ्खल रहेको उनीहरुको तर्क छ । उछृङ्खल भनिएका शब्दहरु यस्ता छन्ः के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी । के गरौं के गरौं लौ संगी तँ भन्, तँलाई पो भनेँ त अरुलाई नभन् सम्झेरै गइसक्यो सातो बरिलै ।

यस गीतका गीतकार हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन्। लोदोहोरी प्रतिष्ठानले लोकसंगीतमा विकृति बढेको भन्दै यसलाई सुद्धिकरण गर्ने अभियान चलाइरहेको छ।यस्तो अभियानमा हमाल पनि सक्रिय छन् ।तर, उनैको गीतले उछृङ्खलता लाई बढावा दिएको आरोप कतिपयले लगाएका छन् । यही आरोपबाट आत्तिएका हमाल आफू आत्मालोचित बनेको भन्दै युट्यूव बाट गीत हटाउने कुरा गर्न थालेका छन् । यद्यपि, यो गीत त्यस्तो अपाच्य छैन । गीतमा आएका अधिकांश कमेन्टहरु सकारात्मक छन् ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal