तिजको गीतमा पेटीकोट डान्स सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भिडियाे भाइरल…

२०७९ श्रावण २१ गते, शनिबार

हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो । यसपाली पनि अछुतो नरहला जस्तो छ । सुशीला पाठकको स्वरमा तीन दिनअघि रिलिज भएको गीत ‘पापाकी परी’ ले तिजको माहोल तताउने लक्षण देखिएको हो ।

यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृत्यले चर्चा बटुलिरहेको छ । एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन्। गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो । शिव हमालका शब्दमा आशिष अविरलको संगीत यसमा छ ।

गीत जति मनोरञ्जनात्मक छ, म्युजिक भिडियाको बेग्लै आकर्षण छ । करिश्माको उन्मूक्त डान्स र हाउभाउको धेरैले प्रशंसा गरेका छन् ।गीतमा केहीले नकारात्मक कमेन्ट पनि गरेका छन् । गीतका केही शब्दहरु उछृङ्खल रहेको उनीहरुको तर्क छ । उछृङ्खल भनिएका शब्दहरु यस्ता छन्ः के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी । के गरौं के गरौं लौ संगी तँ भन्, तँलाई पो भनेँ त अरुलाई नभन् सम्झेरै गइसक्यो सातो बरिलै ।

यस गीतका गीतकार हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन्। लोदोहोरी प्रतिष्ठानले लोकसंगीतमा विकृति बढेको भन्दै यसलाई सुद्धिकरण गर्ने अभियान चलाइरहेको छ।यस्तो अभियानमा हमाल पनि सक्रिय छन् ।तर, उनैको गीतले उछृङ्खलता लाई बढावा दिएको आरोप कतिपयले लगाएका छन् । यही आरोपबाट आत्तिएका हमाल आफू आत्मालोचित बनेको भन्दै युट्यूव बाट गीत हटाउने कुरा गर्न थालेका छन् । यद्यपि, यो गीत त्यस्तो अपाच्य छैन । गीतमा आएका अधिकांश कमेन्टहरु सकारात्मक छन् ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal