बुवाको रोल खेल्न नमानेका राजेश हमालको जवाफ : के यो बाउ हुने उमेर हो ?
अभिनेता राजेश हमाल ‘सेन्स अफ ह्युमर’ले पनि चर्चामा आउँछन् । उनीमाथि जति जोक्स र मिम बने, सायदै अरु कलाकारको बनेको छैन ।
उनी बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि बनेर पुगे । त्यसक्रममा उनले सञ्चारकर्मीसँग क्याजुअल भलाकुसारी पनि गरे ।
भलाकुसारीको विषयमा आफूलाई बाउको रोलको लागि गरिएको प्रस्तावदेखि भुवन केसी र आफ्ना जोक्ससम्म थिए । साथै, उनले एकपटकको नेपाली सधैंको लागि नेपाली हुने भन्दै विदेशमा रहेका नेपालीको मन जित्ने पनि प्रयत्न गरे ।
‘छड्के २’सहित केही फिल्ममा उनलाई बाउको रोलको अफर आएको खबर बाहिरिएको थियो । ५० लाख रुपैयाँ पारिश्रमिक प्रस्ताव गर्दा पनि उनले यो रोल गर्न नमानेको जनाइएको थियो ।
यसबारे सोधिएको कमेन्टमा हमालले केही व्यंग्यमिश्रित यथार्थ खुलाए । उनले भने, ‘बाबु त हुन्छु तर म बाआमाको बाबु हुन्छु । छोराछोरीको होइन । के यो बाउ हुने उमेर हो ?’
हमालको यो कटाक्षभित्र उनको मर्म पनि अवश्य लुकेको छ । जीवनभर नायकको भूमिका निर्वाह गरेका हमाल अझै पनि अन्य चरित्रमा आफूलाई रुपान्तरण गर्न मनोवैज्ञानिक रुपमा तयार छैनन् भन्ने संकेत यसले दिन्छ ।
उनी यसबारे थप भन्छन्, ‘भूमिका यो त्यो भन्दा पनि भूमिका राम्रो छ, सशक्त छ । सेन्ट्रल क्यारेक्टर छ । त्यसले चलचित्रमा गहन भूमिका निर्वाह गर्ने मौका पाएको छ भनेपछि त कलाकारले जुन भूमिका पनि त गर्छ नि । त्यसको सशक्तता हुनुपर्यो नि ।’
भुवनलाई सुझाव : जिम्मेवारी बहन गर्नुस्
‘भुवनजीले एउटा नयाँ जिम्मेवारी बहन गर्नुभएको छ । कला क्षेत्रमा यत्तिका वर्ष लागेको व्यक्ति । कला क्षेत्रमै आफूलाई समर्पित पनि गर्नुभयो । अन्तर्वार्तामा पनि भन्नुहुन्छ–मैले बुझेको पनि यही हो,उनले भने ।
हमाल अघि भन्छन्, ‘त्यसलाई नेतृत्व र दिशा दिने जिम्मेवारी उहाँसँग छ । आफ्नो जिम्मेवारी राम्रोसँग बहन गर्नुहोला । कार्यकालमा चलचित्र क्षेत्र, कलाकारले केही न केही उपलब्धि हासिल गर्न सक्नुहोला ।’
ताजा
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





