बुवाको रोल खेल्न नमानेका राजेश हमालको जवाफ : के यो बाउ हुने उमेर हो ?
अभिनेता राजेश हमाल ‘सेन्स अफ ह्युमर’ले पनि चर्चामा आउँछन् । उनीमाथि जति जोक्स र मिम बने, सायदै अरु कलाकारको बनेको छैन ।
उनी बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि बनेर पुगे । त्यसक्रममा उनले सञ्चारकर्मीसँग क्याजुअल भलाकुसारी पनि गरे ।
भलाकुसारीको विषयमा आफूलाई बाउको रोलको लागि गरिएको प्रस्तावदेखि भुवन केसी र आफ्ना जोक्ससम्म थिए । साथै, उनले एकपटकको नेपाली सधैंको लागि नेपाली हुने भन्दै विदेशमा रहेका नेपालीको मन जित्ने पनि प्रयत्न गरे ।
‘छड्के २’सहित केही फिल्ममा उनलाई बाउको रोलको अफर आएको खबर बाहिरिएको थियो । ५० लाख रुपैयाँ पारिश्रमिक प्रस्ताव गर्दा पनि उनले यो रोल गर्न नमानेको जनाइएको थियो ।
यसबारे सोधिएको कमेन्टमा हमालले केही व्यंग्यमिश्रित यथार्थ खुलाए । उनले भने, ‘बाबु त हुन्छु तर म बाआमाको बाबु हुन्छु । छोराछोरीको होइन । के यो बाउ हुने उमेर हो ?’
हमालको यो कटाक्षभित्र उनको मर्म पनि अवश्य लुकेको छ । जीवनभर नायकको भूमिका निर्वाह गरेका हमाल अझै पनि अन्य चरित्रमा आफूलाई रुपान्तरण गर्न मनोवैज्ञानिक रुपमा तयार छैनन् भन्ने संकेत यसले दिन्छ ।
उनी यसबारे थप भन्छन्, ‘भूमिका यो त्यो भन्दा पनि भूमिका राम्रो छ, सशक्त छ । सेन्ट्रल क्यारेक्टर छ । त्यसले चलचित्रमा गहन भूमिका निर्वाह गर्ने मौका पाएको छ भनेपछि त कलाकारले जुन भूमिका पनि त गर्छ नि । त्यसको सशक्तता हुनुपर्यो नि ।’
भुवनलाई सुझाव : जिम्मेवारी बहन गर्नुस्
‘भुवनजीले एउटा नयाँ जिम्मेवारी बहन गर्नुभएको छ । कला क्षेत्रमा यत्तिका वर्ष लागेको व्यक्ति । कला क्षेत्रमै आफूलाई समर्पित पनि गर्नुभयो । अन्तर्वार्तामा पनि भन्नुहुन्छ–मैले बुझेको पनि यही हो,उनले भने ।
हमाल अघि भन्छन्, ‘त्यसलाई नेतृत्व र दिशा दिने जिम्मेवारी उहाँसँग छ । आफ्नो जिम्मेवारी राम्रोसँग बहन गर्नुहोला । कार्यकालमा चलचित्र क्षेत्र, कलाकारले केही न केही उपलब्धि हासिल गर्न सक्नुहोला ।’
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





