चन्द्रागिरि केबलकार सुरक्षित छ, चढ्न हि,चकिचाउनु पर्दैन : चन्द्र ढकाल
चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार सेवा सुरक्षित रहेको बताएको छ ।
आज शुक्रवार पत्रकार सम्मेलन गरेर समितिले केबलकार सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले केबलकारको बारेमा सञ्चारमाध्यममा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरि केबलकार चढ्न हिचकिचाउनु नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा सुरक्षाको हिसाबले कुनै पनि कुराको कन्जुस्याईं गरिएको छैन ।
यो शतप्रतिशत सुरक्षित छ । केही समयअघि मात्रै राष्ट्रिय सभाका अध्यक्ष चढेको बेलामा रोकिएको थियो । तर केही समयमै यो समस्या समाधान हुन्छ ।’
केही समयअघि मात्र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना केबलकार चढ्दा रोकिएपछि सञ्चारमाध्यममा चन्द्रागिरि केबलकारको बारेमा नराम्रा समाचार प्रकाशित भएकोप्रति आफ्नो ध्यान गएको अध्यक्ष ढकालले बताउनुभयो ।
आम नागरिकलाई केबलकारको बारेमा वास्तविक जानकारी र सूचना दिन नसक्दा यो समस्या आएको उहाँको बुझाइ छ । केबलकारमा समस्या आउने तर ती समस्या तत्काल समाधान हुने उहाँले बताउनुभयो ।
बत्ती जाँदा केबलकार रोकिन सक्ने, रोकिएमा जेनेटरको प्रयोग गरिने र जेनेटर पनि बिग्रिए आपत्कालीन इन्ड्राइभरमार्फत यात्रुलाई गन्तव्यमा ल्याउन सक्ने ढकालले बताउनुभयो । केबलकार रोकिँदा सिरानमा रहेका यात्रुलाई बस्न चाहे रिसोर्टको व्यवस्था रहेको र नबस्ने भए पनि गाडीमार्फत तलसम्म ल्याउने व्यवस्था रहेको उहाँको भनाइ छ ।
सामान्यतया विद्युत् आपुर्ति बन्द भएको अवस्थामा तथा पानी, चट्याङ परेको अवस्थामा केबलकार कहिलेकाहीँ अचानक बन्द हुने गर्छ । चन्द्रागिरिमा अहिले ३८ ओटा गन्डोला सञ्चालनमा छन् । भालेश्वर महादेवको दर्शन गर्न, घुम्न र चन्दागिरिबाट काठमाण्डौ उपत्यका नियाल्न दैनिक हजारौँ मानिस त्यहाँ पुग्ने गरेका छन् ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





