चन्द्रागिरि केबलकार सुरक्षित छ, चढ्न हि,चकिचाउनु पर्दैन : चन्द्र ढकाल

२०७९ श्रावण १४ गते, शनिबार

चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार सेवा सुरक्षित रहेको बताएको छ । 

आज शुक्रवार पत्रकार सम्मेलन गरेर समितिले केबलकार सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले केबलकारको बारेमा सञ्चारमाध्यममा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरि केबलकार चढ्न हिचकिचाउनु नपर्ने बताउनुभयो ।

 उहाँले भन्नुभयो, ‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा सुरक्षाको हिसाबले कुनै पनि कुराको कन्जुस्याईं गरिएको छैन ।

यो शतप्रतिशत सुरक्षित छ । केही समयअघि मात्रै राष्ट्रिय सभाका अध्यक्ष चढेको बेलामा रोकिएको थियो । तर केही समयमै यो समस्या समाधान हुन्छ ।’

केही समयअघि मात्र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना केबलकार चढ्दा रोकिएपछि सञ्चारमाध्यममा चन्द्रागिरि केबलकारको बारेमा नराम्रा समाचार प्रकाशित भएकोप्रति आफ्नो ध्यान गएको अध्यक्ष ढकालले बताउनुभयो ।

आम नागरिकलाई केबलकारको बारेमा वास्तविक जानकारी र सूचना दिन नसक्दा यो समस्या आएको उहाँको बुझाइ छ । केबलकारमा समस्या आउने तर ती समस्या तत्काल समाधान हुने उहाँले बताउनुभयो । 

बत्ती जाँदा केबलकार रोकिन सक्ने, रोकिएमा जेनेटरको प्रयोग गरिने र जेनेटर पनि बिग्रिए आपत्कालीन इन्ड्राइभरमार्फत यात्रुलाई गन्तव्यमा ल्याउन सक्ने ढकालले बताउनुभयो । केबलकार रोकिँदा सिरानमा रहेका यात्रुलाई बस्न चाहे रिसोर्टको व्यवस्था रहेको र नबस्ने भए पनि गाडीमार्फत तलसम्म ल्याउने व्यवस्था रहेको उहाँको भनाइ छ । 

सामान्यतया विद्युत् आपुर्ति बन्द भएको अवस्थामा तथा पानी, चट्याङ परेको अवस्थामा केबलकार कहिलेकाहीँ अचानक बन्द हुने गर्छ । चन्द्रागिरिमा अहिले ३८ ओटा गन्डोला सञ्चालनमा छन् । भालेश्वर महादेवको दर्शन गर्न, घुम्न र चन्दागिरिबाट काठमाण्डौ उपत्यका नियाल्न दैनिक हजारौँ मानिस त्यहाँ पुग्ने गरेका छन् । 

108 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal