प्रधानमन्त्री देउवालाई एक मिटर नजिकबाट सु,ट गर्न सक्छौँ भन्दै अन्तर्वार्ता दिने युबक प,क्राउ
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेर चर्चामा आएका युवक अर्जुनराज पौडेल दोस्रोपटक प,क्राउ परेका छन् ।
यसअघि घ,टनास्थलबाटै प,क्राउ परेका उनी छुटेलगत्तै फेरि हिरासत पुगेका हुन् ।एउटा अनलाइनसँगको अन्तर्वार्तामा आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनी प,क्राउ परेको प्रहरी स्रोतले बतायो ।
सो अन्तर्वार्तामा उनले मुलुकको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै आफूले चाहे प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट सु,ट गर्न सक्ने दाबी गरेका थिए । आफूहरू प्रधानमन्त्री देउवालाई च्यालेन्ज गर्दै ब्यानर देखाउन पुगेको उनले अन्तर्वार्तामा बताएका छन् ।
‘हामी त नजिक आउन सक्छौँ भने जो पनि तपाईंको नजिक आउन सक्छ । हामी सुरक्षित छौँ, जतिसुकै राष्ट्रघात गरेपनि जनताले के गर्न सक्छन् भनेर मौन रहेर नबस्नुस्’ प्रधानमन्त्री देउवालाई चुनौती दिदै पौडेलले भनेका छन्, ‘आज हामी तपाईंको १० मिटर नजिक आएका छौँ ।
भोली एक मिटर नजिक आएर सुट पनि गर्न सक्छौँ । छातीमा गो,ली पनि हा,न्न सक्छौँ । त्यो ल्याकत अर्जुनराज पौडेलले राख्न सक्छ’ अन्तर्वार्तामा उनले भनेका थिए ।
कमलादीमा आयोजित कार्यक्रममा नागरिकता विधेयकको वि,रोध गर्दै नाराबाजी गरेका तीन जना युवा प,क्राउ परेका थिए । तीनैजना पछि छुटे पनि पौडेल फेरी प,क्राउ परेका हुन् । उनलाई बुधबार साँझ बानेश्वरबाट प,क्राउ गरिएको प्रहरीले जनाएको छ ।
अन्तर्वार्तामा पौडेलले प्रधानमन्त्री पदलाई सम्मान गर्ने भएपनि उक्त पदको दुरुपयोग गरेर द,लालको भूमिका निर्वाह गर्ने राष्ट्रघातीलाई भने सम्मान गर्न नसक्ने अभिव्यक्ति दिएका थिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





