म्याग्दीका यी आमाहरु जसले प्राैढ शिक्षा पढेर एसइई उत्तीर्ण गरे
म्याग्दीमा प्राैढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।
विसं २०७८ को एसइईउत्तीर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौढहरूले इच्छाशक्ति भएमा शिक्षा हासिल गर्न उमेर बाधक नहुने सन्देश दिनुभएको हो ।
बैसठ्ठी वर्षीया रेणुदवी मल्लले १.८६, ५१ वर्षीया योगमाया गौतमले १.५५ र ४३ वर्षीया दिलशोभा पुनले २.१० जिपिए ल्याएर यसपालिको एसइई उत्तीर्ण हुनुभएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।
जलजला गाउँपालिका–३ वारीबेनीका मल्लले कक्षा ५ पढ्दा आमाको नि,धन भएपछि विद्यालय छाड्नुभएको थियो । “आमाको नि,धन भएपछि भाइबहिनी साना भएकाले पढ्न पाएको थिइनँ”, उहाँले भन्नुभयो, सामाजिक सङ्घसंस्थामा काम गर्दा पढाइको आवश्यकता महसुस गरेर उज्यालो विद्यालयमा पढेर एसइईमा सहभागी भएको थिए । सफल भएँ खुसी लागेको छ ।”
वारीबेनीको आमा समूह र विभिन्न उपभोक्ता समितिमा रहेर काम गर्नुभएकी मल्लले साथी भएमा माथिल्लो कक्षाको अध्ययनलाई निरन्तरता दिने बताउनुभयो । उज्यालो वैकल्पिक विद्यालयबाट दोस्रो समूहमा पाँच जनाले फारम भरेकामा तीन जना सहभागी भएका थिए ।
विभिन्न कारणले बीचैमा पढाइ छाडेका औपचारिक शिक्षाबाट बञ्चित प्रौढहरूलाई १० कक्षासम्मको शिक्षाको अवसर दिलाउन विसं २०७३ देखि वैकल्पिक विद्यालय सञ्चालन भएको थियो । गत वर्ष सो विद्यालयबाट नौ जना प्रौढ महिलाले एसइई उत्तीर्ण भएका थिए ।
विद्यालयमा अध्ययनरत आमाहरूले अङ्क अक्षर चिन्न, लेख्न पढ्न नसक्दा मोबाइल चलाउन, कतै जाँदा ठाउँ चिन्न र भेला बैठकमा सहभागी हुँदा हस्ताक्षर गर्न ल्याप्चे लगाउनुपर्ने समस्याबाट मुक्ति मिलेको बताएका छन् । हाल ४० जना अध्ययनरत विद्यालयमा सात जना सहजकर्ता छन् ।
मासिक रु ७५ हजार खर्च हुने विद्यालय सञ्चालनका लागि बेनी नगरपालिकाले सघाएको छ । नगरपालिकाको सहयोगका अतिरिक्त दाताले पनि सहयोग गर्दै आएका छन् ।
गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको एसइईमा जिल्लाबाट दुई हजार २४५ सहभागी भएका थिए । बेनी –९ गलेश्वरको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले जिल्लामै पहिलोपटक संस्कृति विषयबाट एसइईमा सहभागिता जनाएका थिए । उनीहरूले २.२५ देखि ३.० जिपिए ल्याएका छन् ।
सार्वजनिक नतिजाअनुसार बेनीको लिटिल गार्डेन एकेडेमीका बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका प्रिन्सिपल दीपक सुवेदीले बताउनुभयो ।
बेनीको प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले ३.८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र द्विृतीय भएका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले दाबी गर्नुभएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





