दैलेखबाट बुटवल बोलाएर अ,पहरण, दाङमा ब’न्धक बनाइ ७ लाख फि,रौती माग
युवतीको प्रयोग गरी व्यक्ति अ,पहरणपछि फिरौती माग्ने समूह दाङमा प,क्राउ परेको छ।
जसमा मुख्य भूमिका बबई गाउँपालिका-४ का ३५ वर्षीय लिला बिक र ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल) रहेको प्रहरीले जनाएको छ। बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओवादी केन्द्रको वाइसियलका नेताहरू हुन्।
इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले व्यक्ति अ,पहरण तथा फिरौती माग्ने कार्यमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका २५ वर्षीय शुकलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका-९ का २० वर्षीय मनोज थारु, प्युठानको गौमुखी गाउँपालिका-७ घर भई हाल दाङको तुलसीपुर–६ का २४ वर्षीय जनक कुँवर छन्।
कुँवर पेशाले बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बर गाडीका चालक हुन्। व्यक्ति अ,पहरणमा उक्त गाडी प्रयोग भएको हुँदा त्यो पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख अर्यालले जानकारी दिए।
दैलेखबाट बुटवल बोलाएर अ,पहरण – पूर्वयोजना अनुसार सोमबार दाङ तुलसीपुर–७ की २६ वर्षीया निर्मला बिकले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ का २७ वर्षीय केशवकुमार बिकलाई फोन गरी भेट्न भनेर बुटवल बोलाइन्।
निर्मलालाई भेट्न केशवकुमार बुटवल पुगे। बुटवलमा उनीहरू दुईको भेट भयो। केटीले आफूसँग गाडी रहेको हुँदा तुलसीपुर हुँदै जाजरकोट जान सजिलो हुन्छ भनेर फकाइन्। लगत्तै राति ९ बजेतिर केशवकुमार बिकमाथि कु,टपिट भयो। उनलाई ब,न्धक बनाएर गाडीमा हुलियो।
अ,पहरणपछि उक्त समुहले केशवलाई तुलसीपुर उपमहागरपालिका-५ को सल्यान रोडस्थित युवम् होटेलमा पुर्याए। डिएसपी अर्यालका अनुसार उनीहरूले केशवसँग सात लाख फिरौती मागे।
सात लाख नदिए जे पनि हुन सक्छ भन्दै चेतावनी दिए। प्र’हरीलाई घ,टनाबारे सुँइको पनि थिएन। जबकी घ’टनास्थल इप्रका तुलसीपुरदेखि एक किलोमिटर जतिको दुरीमा थियो। दैलेखबाट केशवकी श्रीमतीले इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अ,पहरणमा परेको तथा उद्धारको लागि याचना गरिन्।
डिएसपी अर्यालका अनुसार अपहरित बिक साउदी अरबमा काम गर्दै आएका व्यक्ति हुन्। आ’रोपित मध्येका मनोज थारु र सुकलाल बिकपनि बिकसँगै साउदीमा काम गर्थे। मनोज र सुकलालले गुण्डाछबि भएका युवाहरूलाई गुहारेर केशबलाई अ,पहरण गरी रकम असुल्ने रणनीति बनाएको तथ्य खुलेको डिएसपी अर्यालले जानकारी दिए। घ’टनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।
सूचना पाउनासाथ डिएसपी श्यामु अर्यालको कमाण्डमा १५ जनाको टोली घ’टनास्थल पुग्यो। तत्काल केशवलाई उद्धार गर्यो। घ’टनास्थलबाट ४:५० बजे अ,पहरण कार्यमा संलग्न व्यक्ति मध्ये दुई जनालाई नियन्त्रणमा लियो। उनीहरूको बयानका आधारमा मुख्य योजनाकार भनिएका लिला बिक र नेवबहादुर घर्ती ( मार्सल) पनि प,क्राउ परे। तुलसीपुर–७ स्थित घर नजिकैबाट निर्मला पनि प,क्राउ परिन्।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





