दैलेखबाट बुटवल बोलाएर अ,पहरण, दाङमा ब’न्धक बनाइ ७ लाख फि,रौती माग
युवतीको प्रयोग गरी व्यक्ति अ,पहरणपछि फिरौती माग्ने समूह दाङमा प,क्राउ परेको छ।
जसमा मुख्य भूमिका बबई गाउँपालिका-४ का ३५ वर्षीय लिला बिक र ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल) रहेको प्रहरीले जनाएको छ। बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओवादी केन्द्रको वाइसियलका नेताहरू हुन्।
इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले व्यक्ति अ,पहरण तथा फिरौती माग्ने कार्यमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका २५ वर्षीय शुकलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका-९ का २० वर्षीय मनोज थारु, प्युठानको गौमुखी गाउँपालिका-७ घर भई हाल दाङको तुलसीपुर–६ का २४ वर्षीय जनक कुँवर छन्।
कुँवर पेशाले बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बर गाडीका चालक हुन्। व्यक्ति अ,पहरणमा उक्त गाडी प्रयोग भएको हुँदा त्यो पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख अर्यालले जानकारी दिए।
दैलेखबाट बुटवल बोलाएर अ,पहरण – पूर्वयोजना अनुसार सोमबार दाङ तुलसीपुर–७ की २६ वर्षीया निर्मला बिकले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ का २७ वर्षीय केशवकुमार बिकलाई फोन गरी भेट्न भनेर बुटवल बोलाइन्।
निर्मलालाई भेट्न केशवकुमार बुटवल पुगे। बुटवलमा उनीहरू दुईको भेट भयो। केटीले आफूसँग गाडी रहेको हुँदा तुलसीपुर हुँदै जाजरकोट जान सजिलो हुन्छ भनेर फकाइन्। लगत्तै राति ९ बजेतिर केशवकुमार बिकमाथि कु,टपिट भयो। उनलाई ब,न्धक बनाएर गाडीमा हुलियो।
अ,पहरणपछि उक्त समुहले केशवलाई तुलसीपुर उपमहागरपालिका-५ को सल्यान रोडस्थित युवम् होटेलमा पुर्याए। डिएसपी अर्यालका अनुसार उनीहरूले केशवसँग सात लाख फिरौती मागे।
सात लाख नदिए जे पनि हुन सक्छ भन्दै चेतावनी दिए। प्र’हरीलाई घ,टनाबारे सुँइको पनि थिएन। जबकी घ’टनास्थल इप्रका तुलसीपुरदेखि एक किलोमिटर जतिको दुरीमा थियो। दैलेखबाट केशवकी श्रीमतीले इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अ,पहरणमा परेको तथा उद्धारको लागि याचना गरिन्।
डिएसपी अर्यालका अनुसार अपहरित बिक साउदी अरबमा काम गर्दै आएका व्यक्ति हुन्। आ’रोपित मध्येका मनोज थारु र सुकलाल बिकपनि बिकसँगै साउदीमा काम गर्थे। मनोज र सुकलालले गुण्डाछबि भएका युवाहरूलाई गुहारेर केशबलाई अ,पहरण गरी रकम असुल्ने रणनीति बनाएको तथ्य खुलेको डिएसपी अर्यालले जानकारी दिए। घ’टनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।
सूचना पाउनासाथ डिएसपी श्यामु अर्यालको कमाण्डमा १५ जनाको टोली घ’टनास्थल पुग्यो। तत्काल केशवलाई उद्धार गर्यो। घ’टनास्थलबाट ४:५० बजे अ,पहरण कार्यमा संलग्न व्यक्ति मध्ये दुई जनालाई नियन्त्रणमा लियो। उनीहरूको बयानका आधारमा मुख्य योजनाकार भनिएका लिला बिक र नेवबहादुर घर्ती ( मार्सल) पनि प,क्राउ परे। तुलसीपुर–७ स्थित घर नजिकैबाट निर्मला पनि प,क्राउ परिन्।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





