दैलेखबाट बुटवल बोलाएर अ,पहरण, दाङमा ब’न्धक बनाइ ७ लाख फि,रौती माग

२०७९ श्रावण १० गते, मंगलवार

युवतीको प्रयोग गरी व्यक्ति अ,पहरणपछि फिरौती माग्ने समूह दाङमा प,क्राउ परेको छ।

जसमा मुख्य भूमिका बबई गाउँपालिका-४ का ३५ वर्षीय लिला बिक र ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल) रहेको प्रहरीले जनाएको छ। बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओवादी केन्द्रको वाइसियलका नेताहरू हुन्।

इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले व्यक्ति अ,पहरण तथा फिरौती माग्ने कार्यमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका २५ वर्षीय शुकलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका-९ का २० वर्षीय मनोज थारु, प्युठानको गौमुखी गाउँपालिका-७ घर भई हाल दाङको तुलसीपुर–६ का २४ वर्षीय जनक कुँवर छन्।

कुँवर पेशाले बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बर गाडीका चालक हुन्। व्यक्ति अ,पहरणमा उक्त गाडी प्रयोग भएको हुँदा त्यो पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख अर्यालले जानकारी दिए।

दैलेखबाट बुटवल बोलाएर अ,पहरण – पूर्वयोजना अनुसार सोमबार दाङ तुलसीपुर–७ की २६ वर्षीया निर्मला बिकले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ का २७ वर्षीय केशवकुमार बिकलाई फोन गरी भेट्न भनेर बुटवल बोलाइन्।

निर्मलालाई भेट्न केशवकुमार बुटवल पुगे। बुटवलमा उनीहरू दुईको भेट भयो। केटीले आफूसँग गाडी रहेको हुँदा तुलसीपुर हुँदै जाजरकोट जान सजिलो हुन्छ भनेर फकाइन्। लगत्तै राति ९ बजेतिर केशवकुमार बिकमाथि कु,टपिट भयो। उनलाई ब,न्धक बनाएर गाडीमा हुलियो।

अ,पहरणपछि उक्त समुहले केशवलाई तुलसीपुर उपमहागरपालिका-५ को सल्यान रोडस्थित युवम् होटेलमा पुर्‍याए। डिएसपी अर्यालका अनुसार उनीहरूले केशवसँग सात लाख फिरौती मागे।

सात लाख नदिए जे पनि हुन सक्छ भन्दै चेतावनी दिए। प्र’हरीलाई घ,टनाबारे सुँइको पनि थिएन। जबकी घ’टनास्थल इप्रका तुलसीपुरदेखि एक किलोमिटर जतिको दुरीमा थियो। दैलेखबाट केशवकी श्रीमतीले इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अ,पहरणमा परेको तथा उद्धारको लागि याचना गरिन्।

डिएसपी अर्यालका अनुसार अपहरित बिक साउदी अरबमा काम गर्दै आएका व्यक्ति हुन्। आ’रोपित मध्येका मनोज थारु र सुकलाल बिकपनि बिकसँगै साउदीमा काम गर्थे। मनोज र सुकलालले गुण्डाछबि भएका युवाहरूलाई गुहारेर केशबलाई अ,पहरण गरी रकम असुल्ने रणनीति बनाएको तथ्य खुलेको डिएसपी अर्यालले जानकारी दिए। घ’टनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।

सूचना पाउनासाथ डिएसपी श्यामु अर्यालको कमाण्डमा १५ जनाको टोली घ’टनास्थल पुग्यो। तत्काल केशवलाई उद्धार गर्‍यो। घ’टनास्थलबाट ४:५० बजे अ,पहरण कार्यमा संलग्न व्यक्ति मध्ये दुई जनालाई नियन्त्रणमा लियो। उनीहरूको बयानका आधारमा मुख्य योजनाकार भनिएका लिला बिक र नेवबहादुर घर्ती ( मार्सल) पनि प,क्राउ परे। तुलसीपुर–७ स्थित घर नजिकैबाट निर्मला पनि प,क्राउ परिन्।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal