गुल्मीमा भुस्सिया कुकुरको आ,तंक, सर्वसाधरणदेखि स्थानीय सरकार समेत हैरान

२०७९ श्रावण ६ गते, शुक्रबार

गुल्मीको चन्द्रकोट गाउँपालिमा एकै दिन कुकुरले टो,केर चार जना घा,इते भएका छन् ।

चार जना मध्ये दुई जनालाई सामान्य उपचार पश्चात घर पठाइएको र दुई जनालाई जिल्ला अस्पताल तम्घास पुराइएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कुकुरको आ,क्रमणबाट चन्द्रकोट गाउँपालिका ३ हर्राचौर बस्ने १२ वर्षीय अरुण खड्का घा,इते भएका छन् । उनको बाँया हातमा टोकेको छ । त्यस्तै बाग्लुङ बरेङ गाउँपालिका ७ साब्दी घर भई चन्द्रकोट गाउँपालिका ३ भुल्के मामा घर बस्ने चार बर्षीया रिमा श्रीस पनि घा,इते छन् । उनको पनि दाँया हातमा टो,केको छ ।

खड्का र श्रीसको गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको छ । त्यस्तै सोहि स्थानकै वर्ष २५ को मनिता थापालाई दायाँ खुट्टामा टो,केको र चन्द्रकोट ७ रुपाकोट बस्ने वर्ष २८ को शिवहरी न्यौपानेलाई दायाँ खुट्टामा टो,केकोले उपचार गरेर घर पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख माधव खरेलले जानकारी दिए । उनले जिल्लाका विभिन्न स्थानमा कुकुरको आ,तंक रहेकाले सचेत रहन सवैलाई आग्रह गरे ।

जिल्लामा गत आर्थिक बर्षमा कुकुरको आ,क्रमणबाट सात सय १० जना घा,इते भएका छन् । गुल्मी अस्पताल तम्घासको तथ्यांक अनुसार गत बर्ष चार सय २४ पुरुष र दुई सय ८६ महिलालाई कुकुरले टो,केर उपचार गराएका छन् ।

कुकुरले टो,केपछि रे,बिज बिरुद्धका खोप अनिवार्य लगाउनु पर्छ । खोप गुल्मी अस्पतालमा बाहेक अरु स्वास्थ्य संस्थामा पाइदैन् । साउनमा ४६, भदौमा ४५, असोजमा ३२, कार्तिकमा ४१, मंसिरमा ५१, पुसमा ६२, माघमा ५५, फागुनमा ६१, चैतमा ९८, बैशाखमा ७५, जेठमा ६१ र असारमा ८२ जनालाई कुकुरले आ,क्रमण गरेको गुल्मी अस्पतालका इमर्जेन्सी इन्चार्ज रमेश पन्थीले जानकारी दिए ।

रेबिजबाट बँच्ने उपायनै खोप हो ।

कुकुरले टो,केपछि छ डोज रेविज बि,रुद्धको खोप लगाउनुपर्छ । खोप नेपाल सरकारले निशुल्क उपलब्ध गराएको छ । कुकुरले टो,केको पहिलो दिन दुई डोज, तेस्रो दिन दुई र सातौ दिन दुई डोज खोप लगाउनुपर्ने गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।

रगतनै आउने गरेर टोकेको हकमा रेबिज इम्युनोग्लोबिन खोप लगाउनुपर्ने पच्याले बताए । रेबिज इम्युनोग्लोबिन खोप भने निशुल्क पाइदैन् । केहि समय पहिलेसम्म रेबिज इम्युनोग्लोबिनको खोप लगाउन बुटवल काठमाडौ पठाउनु पथ्र्यो ।

डाक्टर पच्याले कुकुर वा कुनै जंगली जनावरले टोकेमा तुरुन्त साबुन पानीले वा एन्टिसेप्टिकले घाउ सफा गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्था वा गुल्मी अस्पतालमा सेवाको लागि परामर्श लिनुपर्ने बताए ।

उनले टोक्ने जनवारले रेबिज रोग सारेमा मान्छे बच्ने संभावना अत्यन्तै न्यून हुने भएकाले खोप र इम्युनोग्लोबिनले प्रा,णघतक रेबिज रोग हुनबाट बचाउने बताए ।

सर्वसाधरणदेखि स्थानीय सरकारलाई हैरानी

कुकुरको संख्या बढेर आ,क्रमण गर्न थालेपनि सर्वसाधरणदेखि स्थानीय सरकार समेत हैरान परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा कुकुरले मान्छेसहित गोठका बाख्राका पाठापाठीहरु आ,क्रमण गर्न थालेपछि बच्चा कसरी जोगाउने भन्ने चिन्ता परेको रुरु ४ मा देविराम ज्ञवालीले गुनासो गरे ।

उनले आफुहरुले बच्चाहरुलाई एक्लै बिद्यालय पठाउन र घरमा छोड्न गाह्रो भएको बताए । रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले एउटा स्थानीय तहको प्रयत्नले मात्रै कुकुर र जंगली बन्यजन्तुको नियन्त्रण नहुने भएकाले जिल्लास्तरीय निर्णय गरेर अन्तरपालिका समन्वय आवश्यक रहेको बताए ।

कानुन अनुसार मार्न नहुने भएकाले नियन्त्रणको बैकल्पिक उपाय खोज्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal