फिरन्ते जीवन बिताइरहेको राउटे समुदायलाई कर्णाली प्रदेश सरकारले राउटे समुदायका ४६ परिवारलाई खाद्यान्न सहयोग…

२०७९ श्रावण ३ गते, मंगलवार

फिरन्ते जीवन बिताइरहेको राउटे समुदायलाई साउने सङ्क्रान्ति मनाउन कर्णाली प्रदेश सरकारले चामललगायतका खाद्यान्न सहयाेग गरेकाे छ । भव्य र उत्साहसाथ सङ्क्रान्ति मनाउन आज आइतवार कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे समुदायका ४६ परिवारलाई खाद्यान्न सहयोग गरेको हाे ।

एक हप्ताअघि मात्र दैलेखको भगवतीमाई गाउँपालिका ४ मनघर चौरमा बसोवास गर्दै आएका राउटे समुदायलाई मन्त्रालयले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको समन्वयमा चामल, नुन, खुर्सानी र कपडा सहयोग गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, उपाध्यक्ष मीनाकुमारी खड्का, सामाजिक विकास मन्त्रालयको सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवाली राउटे बस्तीमा पुगेर खाद्यान्न सहयाेग गरेका हुन् ।

खाद्यान्न वितरण गर्न पुग्नुभएका सरकारका प्रमुख सचिव श्रेष्ठले प्रदेश सरकारले राउटे नागरिकको संरक्षणका लागि पहल गरिरहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव काप्रीले राउटे समुदायको संरक्षणका लागि ‘राउटे नीति’ निर्माणकै क्रममा रहेको जानकारी दिनुभयो ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal