फिरन्ते जीवन बिताइरहेको राउटे समुदायलाई कर्णाली प्रदेश सरकारले राउटे समुदायका ४६ परिवारलाई खाद्यान्न सहयोग…

२०७९ श्रावण ३ गते, मंगलवार

फिरन्ते जीवन बिताइरहेको राउटे समुदायलाई साउने सङ्क्रान्ति मनाउन कर्णाली प्रदेश सरकारले चामललगायतका खाद्यान्न सहयाेग गरेकाे छ । भव्य र उत्साहसाथ सङ्क्रान्ति मनाउन आज आइतवार कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे समुदायका ४६ परिवारलाई खाद्यान्न सहयोग गरेको हाे ।

एक हप्ताअघि मात्र दैलेखको भगवतीमाई गाउँपालिका ४ मनघर चौरमा बसोवास गर्दै आएका राउटे समुदायलाई मन्त्रालयले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको समन्वयमा चामल, नुन, खुर्सानी र कपडा सहयोग गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, उपाध्यक्ष मीनाकुमारी खड्का, सामाजिक विकास मन्त्रालयको सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवाली राउटे बस्तीमा पुगेर खाद्यान्न सहयाेग गरेका हुन् ।

खाद्यान्न वितरण गर्न पुग्नुभएका सरकारका प्रमुख सचिव श्रेष्ठले प्रदेश सरकारले राउटे नागरिकको संरक्षणका लागि पहल गरिरहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव काप्रीले राउटे समुदायको संरक्षणका लागि ‘राउटे नीति’ निर्माणकै क्रममा रहेको जानकारी दिनुभयो ।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal