गभर्नर अधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छः प्रधानमन्त्री

२०७९ असार ३१ गते, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीतिक संलग्नता देखिएको भन्दै उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बालुवाटारमा शुक्रबार भएको पाँच दलीय गठनबन्धनको बैठकमा सबैजसो नेताहरूले पनि अधिकारीको राजीनामा माग्नु पर्ने बताएका थिए । बैठकमा सहभागी एक नेताले भने, प्रधानमन्त्री देउवाले भने गभर्नरको राजनीतिक संलग्नता देखिएको कारण अन्यले राजीनामा माग्ने नभइ अधिकारी स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको थियो ।
बिहीबार प्रधानमन्त्री देउवासँग गभर्नर अधिकारीले भेट गर्दै राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिको बारेमा जानकारी गराएका थिए । असार २६ मा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ुएम अधिकारीुको नाम रहेको छ ।
उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर अधिकारी नै भएको समाचार सार्वजनिक भइरहँदा राजीनामा माग हुँदै आएको हो । अधिकारी र एमालेले भने एम अधिकारी भनेको महाप्रसाद नभएको जनाएका छन् ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal