भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने

२०७९ असार ३१ गते, शुक्रबार

भक्तपुर । भक्तपुरमा भोलि शनिबार साइकलिङ च्यालेन्ज हुने भएको छ । भक्तपुरका साइकल प्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले भोलि साइकलिङ च्यालेन्ज गर्ने भएको हो ।
भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरि कोष स्थापना गर्नका लागि सो कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ ।
सो च्यालेन्जलाई आयोजकले भक्तपुर कोरा २०२२ नाम दिइएको छ । त्यस निमित्त आयोजकले ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरेका छन् ।
सो च्यालेन्ज अन्तरगत हुने ५० किलोमिटरको च्यालेन्जमा पुरूष १ सय २०, महिला ८ गरी १ सय ३८, ७५ किलोमिटरको च्यालेन्जमा ४५ पुरूष र २ महिला गरि ४७ र १ सय किलोमिटरको च्यालेन्जमा पुरूषतर्फ १ सय ४ र ३ महिला गरि १ सय ७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
आयोजकले सो च्यालेन्जबारे जानकारी दिन भक्तपुरको रफत सञ्चार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कूल २ सय८२ जना साइकलयात्रीको सहभागिता रहेको कार्यक्रम संयोजक सुनिल ख्याजूले बताए ।
साइकल यात्रा भक्तपुरको दरबार क्षेत्रबाट सुरू हुनेछ । यात्रा अन्तरगत दरबार क्षेत्रबाट सिद्धपोखरी९ निकोशेरा, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुफ गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुन स् भक्तपुर दरबार क्षेत्रमा समापन हुनेछ ।
च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।
च्यालेन्जलाई भक्तपुरको भिलेज हाईल्यान्ड रिसोर्ट, नेपाल इको प्यानललगायतले आर्थिक सहयोग गरेका छन् ।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal