भृकुटीमण्डमा आ,गलागी भएपछि आ,गलागीस्थलमा पुगे मेयर बालेन साह

२०७९ असार २९ गते, बुधबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आ,गलागीस्थलमा पुगेका छन् । आ,गलागी भृकुटीमण्डपको ह्वील चेयरको गोदाममा भएको हो ।

आ,गलागी खबर पाउने बित्तिकै काठमाडौं महानगरपालिकाको दमकल पुगेको छ ।

अहिले आ,गो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।आ,गलागीको कारण भने खुलेको छैन ।आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।

तेस्तै : — धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई पछिल्लो समय खानेपानीका लागि पकुवा खोलामा पुगेर श्रमदान गरिरहेका छन् । असार पहिलो साताबाटै प्रत्येक शनिबार उनी धरान ११ र २० वडाको सिमाना सर्दु खोलापारि खानेपानीको पाइप विस्तारमा स्थानीय बासिन्दासँगै खटिइरहेका छन् ।

भीरको बाटो हुँदै पाइप बिछ्याउन सहयोगका लागि उनले ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नामको फेसबुक अकाउन्टमार्फत धरानवासीलाई आह्वान गर्दै आएका छन् ।

११ र १७ वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन नगर प्रमुख राई आफैं पकुवा खोलामा खटिएका हुन् । उनले अरूलाई हौस्याउँदै आफैं ढुंगा बोक्ने, पाइप घिसार्ने, बेल्चा हान्ने, गारो लगाउने र गिट्टी कुट्ने काम गरिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले प्रशंसा गरिरहेका छन् भने कतिपयले उनलाई ‘कुल्ली मेयर’ को संज्ञा दिएका छन् ।

उपमहानगरको विकास निर्माण र उन्नतिका लागि नीति–निर्माण र निर्देशन गर्नुपर्नेमा आफैं दौडेको आरोप लगाएका छन् ।

उनको कामलाई स्थानीय युवायुवतीदेखि बुढापाकासम्मले साथ दिएका छन् । उनकै नेतृत्वमा पकुवा खोलामा खानेपानीका लागि ट्यांकी निर्माण भइसकेको छ भने पाइप बिछ्याउँदै आइरहेको ठाउँसम्म पानी परीक्षण पनि भइरहेको छ ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal