भृकुटीमण्डमा आ,गलागी भएपछि आ,गलागीस्थलमा पुगे मेयर बालेन साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आ,गलागीस्थलमा पुगेका छन् । आ,गलागी भृकुटीमण्डपको ह्वील चेयरको गोदाममा भएको हो ।
आ,गलागी खबर पाउने बित्तिकै काठमाडौं महानगरपालिकाको दमकल पुगेको छ ।
अहिले आ,गो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।आ,गलागीको कारण भने खुलेको छैन ।आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।
तेस्तै : — धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई पछिल्लो समय खानेपानीका लागि पकुवा खोलामा पुगेर श्रमदान गरिरहेका छन् । असार पहिलो साताबाटै प्रत्येक शनिबार उनी धरान ११ र २० वडाको सिमाना सर्दु खोलापारि खानेपानीको पाइप विस्तारमा स्थानीय बासिन्दासँगै खटिइरहेका छन् ।
भीरको बाटो हुँदै पाइप बिछ्याउन सहयोगका लागि उनले ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नामको फेसबुक अकाउन्टमार्फत धरानवासीलाई आह्वान गर्दै आएका छन् ।
११ र १७ वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन नगर प्रमुख राई आफैं पकुवा खोलामा खटिएका हुन् । उनले अरूलाई हौस्याउँदै आफैं ढुंगा बोक्ने, पाइप घिसार्ने, बेल्चा हान्ने, गारो लगाउने र गिट्टी कुट्ने काम गरिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले प्रशंसा गरिरहेका छन् भने कतिपयले उनलाई ‘कुल्ली मेयर’ को संज्ञा दिएका छन् ।
उपमहानगरको विकास निर्माण र उन्नतिका लागि नीति–निर्माण र निर्देशन गर्नुपर्नेमा आफैं दौडेको आरोप लगाएका छन् ।
उनको कामलाई स्थानीय युवायुवतीदेखि बुढापाकासम्मले साथ दिएका छन् । उनकै नेतृत्वमा पकुवा खोलामा खानेपानीका लागि ट्यांकी निर्माण भइसकेको छ भने पाइप बिछ्याउँदै आइरहेको ठाउँसम्म पानी परीक्षण पनि भइरहेको छ ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





