हर्क साम्पाङले भने म सार्वजनिक बिदाको दिनपनि पनि काम गर्छु मलाई काम शीत मतलब छ।

२०७९ असार २९ गते, बुधबार

देशरभबाट जितेका स्वतन्त्र उम्मेदवारहरुको भेला काठमाडौंमा हुँदा धरानका प्रमुख हर्क साम्पाङ भने सहभागी भएनन्। बरु उनी पकुवा खोलामा पानीट्याङ्की बनाउन श्रमदान गर्न हिँडे। उनलाई उक्त भेलाप्रति खासै चासो पनि थिएन। किनकि उनको एजेण्डा धरान र धराने जनताको एजेण्डा थियो। भेलामा सहभागी नभएकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘स्वतन्त्रको संगठन हुँदैन। स्वतन्त्रको संगठन बनाउने हो भने त्यो पार्टी भइगयो नि!

साम्पाङ अहिले पनि विभिन्न श्रमदानमा जुटिरहेका छन्। पार्टीका शीर्ष नेतालाई माटो छुन सुझाव दिने साम्पाङ आफू भने धुलाम्ये र हिलाम्य थिए। अन्तरवार्ताका क्रममा उनले नेताहरुलाई सुझाव दिँदै भने, ‘माटो छुनुपर्‍यो नि! राजनीति गर्छु भनेरमात्रै हुन्छ हावामा? माटो छोएका छैन, दुःख बुझेको छैन, पीडा बुझेको छैन। त्यसले के राजनीति गर्छ?’ खुसीको कुरा के हो भने जनतालाई मैले विकाससँग जोड्न सकेँ। जनतालाई विकाससँग जोड्न सकेपछि हरेक जनतालाई यो काम आफ्नो पनि हो भन्ने लागेको छ।

त्यसैले धरानका युवाहरु स्वतस्फूर्त आएका छन् जो कि इतिहासमै यस्तो भएकै थिएन। भविष्यमा भने यस्ता धेरै काम गर्ने मेरो योजना छ। यहाँ हामी जेसीबी लगेर पनि खन्न सक्थ्यौं। यहाँ जेसीबी प्रयोग गर्दा पानी हराउँदो रहेछ। त्यसकारण हामी यो सबै काम मेनुअल्ली गरिरहेका छौं। शारीरिक श्रमकै आधारमा गरेका छौं। यो उदाहरणीय काम हो। यो पानीले पूरै सहरलाई पुग्नेचाहिँ हुँदैन। यसपछि अरु मुहानमा पनि हामी जान्छौं। धरानका खोला, खोल्सी सबै ठाउँबाट पानी बटुल्छौं।

जंगलबाट पम्पिङ गर्दा बिजुलीको बिलमात्रै मासिक ३० लाखसम्म तिर्नु परेको देखिएको छ। ६ महिनामा हामीले १ करोड ५३ लाखको बिल तिरेको पायौं। पम्प मर्मत गर्दा, कुरुवालाई राख्दा, अन्य खर्च हुँदा करोडौं खर्च हुने गरेको देखियो, त्यो खर्चलाई हामी बचाउँछौं। तलबाट पानी तान्दा धेरै बिजुली खाँदो रहेछ। अब माथिबाटै पानी लगेपछि त पम्पले तान्नु परेन। धरानको पैसा बचाउनका लागि पनि यो विधि अपनाइरहेका छौं। अहिले पानीट्यांकी भएको डाँडामा पोखरी बनाउन अध्ययन गर्दैछौं। त्यहाँ ठूलो पोखरी बनाएर पानी जमाउने।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal