आकी नेपालद्वारा विद्यार्थीलाई झोला वितरण

२०७९ असार २८ गते, मंगलवार

काठमाडौं । जापानमा रहेको आकी नेपालले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ४ मा रहेको मदन आश्रित आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ ।
२०७९ साल असार २२ गते विद्यालयमा आयोजित एक कार्यक्रममा १ सय ६० जना विद्यार्थीलाई झोला वितरण गरिएको रोजित श्रेष्ठले जनाएका छन् । जापानमा रहेका काठमाडौं ताहाचल निवासी रश्मिन कबेले ती झोला उपलब्ध गराएका थिए । श्रेष्ठले कबेले पठाएका झोला वितरण गरिएको बताए । आगामी दिनमा पनि विद्यार्थीको पढाइलाई सहयोग पुग्ने गरी अन्य प्रकारका सामग्री उपलब्ध गराउँदै जाने श्रेष्ठको भनाई छ । स्थानीय प्रेम प्रसाइको समेत सक्रियतामा यो विद्यालयमा झोला वितरण गरिएको हो । २ सय ३० विद्यार्थी रहेको यो विद्यालय २०५८ साल वैशाख ३ गते स्थापना भएको विद्यालयका संस्थापक प्रधानाध्यापक राजाराम भण्डारीले जनाए । प्रधानाध्यापक भण्डारीले विद्यार्थीका लागि सहयोग उपलब्ध गराएकामा आकी नेपालसहित नेपालमा बसेर संयोजन गर्नेहरुप्रति धन्यवाद व्यक्त गरेका छन् । बाँकी विद्यार्थीलाई पनि चाँडै नै अन्य सामग्री दिने तयारी भइरहेको श्रेष्ठले बताए । झोला वितरण गर्दै विनिती श्रेष्ठले यसको प्रभावकारिता हेरेर थप सहयोग बढाउने जनाइन् । उनले कहाँका विद्यार्थीलाई के समस्या छ त्यसको पहिचान गर्ने र विस्तारै त्यसै अनुसारको सहयोग गरिँदै जाने बताइन् । आकी नेपालले शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा आफ्नो तर्फबाट सहयोग गर्दै आएको छ ।

185 Views

ताजा

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal