एक महिला ठुलो खोलामाथि तुइन्मा झुडिएर जोखिमपूर्ण यात्रा गरिरहेको तस्विर सार्वजनिक…

२०७९ असार २८ गते, मंगलवार

सुनसरीको धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर हर्क साम्पाले तुइन समस्या समाधानमा जनप्रतिनिधि गम्भिर नभएकोप्रति कडा आपत्ति जनाएका छन् ।

आफ्नो फेसबुकमा नेपालको तुइन समस्या र सर्वसाधारणको बाध्यता देखाउने एक तस्विर सार्वजनिक गर्दै उनले कडा आपत्ती जनाएका हुन् ।

उनी लेख्छन् ‘यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके? बेस्सरी गाली गर्नु मन लाग्छ यस्तो देख्दा, तर के गर्नु फेरि कुल्ली मेयर भनेर नाम पाएको छु । त्यसमा अराजक कुल्ली मेयर भनेर संशोधन होला भन्ने पिर !’

फोटोमा एक महिला ठुलो खोलामाथि तुइन्मा झुडिएर जोखिमपूर्ण यात्रा गरिरहेको देखिन्छ । मुख्यगरी सुदुरपश्चिम र कर्णालीका जनतामा यस्तो समस्या र बाध्यता छ । लामोसमय यही मुद्धालाई चुनाव जित्ने अष्त्र बनाए पनि चुनाव जितिसकेपछि।


जनप्रतिनिधिहरुले समस्यामाथि वेवास्ता गर्ने गरेका छन् । यो समस्याले बर्षेनी निर्दोष जनताले अनाहकमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । यो समस्यामाथि राज्य पनि गम्भिर बन्नु पर्नेमा त्यति गम्भिर भएको पाइँदैन ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal