सामूहिक ब,लात्कारका आ,रोपीलाई जिउँदै ज,लाइयो,
भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक ब,लात्कार गरेको आ,रोपमा दुई जनालाई जिउँदै ज,लाइएको छ।
घ,टना भएकाे थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जिउँदै ज,लाएका हुन्। जसमध्ये एक जनाको मृ,त्यु भएको छ भने अर्का गम्भीर घा,इते भएका छन्।
घ,टना जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटर टाढा सदर प्रहरी चौकी क्षेत्रको बसुहा पञ्चायतको एउटा गाउँको हो।
मृ,त्यु हुनेमा सुनिल उराँव छन्। आशिष उराँवको अवस्था भने ग,म्भीर रहेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।
घ,टनापछि सो क्षेत्रमा तनाव बढेको छ। गाउँमा प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको भाचरतीय सन्चार माध्यमहरुले जनाएका छन्। प्रहरीले बिहीबार बिहान पनि धेरैलाई सोधपुछ गरेको थियो।
स्थानीयवासीका अनुसार नाबालिका आमा बुवासँग लोहरदगाको भण्डारामा गएकी थिइन्। फर्कनका लागि आमाबुवा छोरीसँगै बस स्ट्यान्डमा उभिरहेका थिए। यसै क्रममा छिमेकी गाउँका साथीसहित ती युवा मोटरसाइकल लिएर आए। बाटोमा उभिनुको कारण परिवारलाई सोधे भने बालिकाका बुवाले बस कुरिरहेको बताए।
बालिकाका आमाबुबाले घर छिट्टै पुग्नु छ भनेपछि दुवै युवाले नाबालिग बालिकालाई मोटरसाइकलमा लिएर हिँडे। आमाबुवा साँझ अबेर घर पुग्दा पनि बालिका घरमा थिइनन्, त्यसपछि परिवारका सदस्यले बालिका खोज्न निस्किए। सो लगत्तै छिमेकी गाउँमा ग,म्भीर अवस्थामा बालिका फेला परिन्।
बालिकाले आफूलाई दुबै युवकले ब,लात्कार गरेको परिवारका सदस्यहरुलाई बताइन्। त्यसपछि परिवारका सदस्य दुवै युवकलाई खोज्न निस्किए। छिमेकी गाउँमा दुवै युवकलाई मोटरसाइकलसहित फेला पारे।
त्यसपछि गाउँका महिला र पुरुष दुवै युवकलाई सोधपुछ गर्न पीडित बालिकाको गाउँ पुगे। बालिकाले युवकहरुसामु पूरा घ,टनाक्रम सुनाइन्।
बालिकाको बयानपछि गाउँलेहरूले दुवै युवकहरुलाई कुटपिट गरे र मोटरसाइकलसहित दुवैको शरीरमा मट्टीतेल छर्केर आगो लगाइ दिए। घ,टनाको जानकारी पाएलगत्तै प्रहरी टोली घ,टनास्थल पुगेको थियो।
दुवै युवालाई अस्पताल लगिएको छ। जसमा उपचारका क्रममा एक युवकको मृ,त्यु भएको छ। घ,टनापछि उक्त क्षेत्रमा तनावग्रस्त भएको छ।बाक्लो रुपमा प्रहरी गाउँमा परिचालन गरिएको छ।
दुई जनालाई जिउँ दै जलाएको घ,टनापछि गाउँमा ठूलो संख्यामा फौज तैनाथ भए पनि प्रहरीले संवेदनशील विषय भएको भन्दै थप जानकारी दिन नमानेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। इलाका प्रमुख मनिषचन्द्र लालले घ,टनाको अनुसन्धान भइरहेको, केही सुराक फेला परेको बताए।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





