सामूहिक ब,लात्कारका आ,रोपीलाई जिउँदै ज,लाइयो,

२०७९ असार २३ गते, बिहीबार

भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक ब,लात्कार गरेको आ,रोपमा दुई जनालाई जिउँदै ज,लाइएको छ।

घ,टना भएकाे थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जिउँदै ज,लाएका हुन्। जसमध्ये एक जनाको मृ,त्यु भएको छ भने अर्का गम्भीर घा,इते भएका छन्।

घ,टना जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटर टाढा सदर प्रहरी चौकी क्षेत्रको बसुहा पञ्चायतको एउटा गाउँको हो।

मृ,त्यु हुनेमा सुनिल उराँव छन्। आशिष उराँवको अवस्था भने ग,म्भीर रहेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।

घ,टनापछि सो क्षेत्रमा तनाव बढेको छ। गाउँमा प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको भाचरतीय सन्चार माध्यमहरुले जनाएका छन्। प्रहरीले बिहीबार बिहान पनि धेरैलाई सोधपुछ गरेको थियो।

स्थानीयवासीका अनुसार नाबालिका आमा बुवासँग लोहरदगाको भण्डारामा गएकी थिइन्। फर्कनका लागि आमाबुवा छोरीसँगै बस स्ट्यान्डमा उभिरहेका थिए। यसै क्रममा छिमेकी गाउँका साथीसहित ती युवा मोटरसाइकल लिएर आए। बाटोमा उभिनुको कारण परिवारलाई सोधे भने बालिकाका बुवाले बस कुरिरहेको बताए।

बालिकाका आमाबुबाले घर छिट्टै पुग्नु छ भनेपछि दुवै युवाले नाबालिग बालिकालाई मोटरसाइकलमा लिएर हिँडे। आमाबुवा साँझ अबेर घर पुग्दा पनि बालिका घरमा थिइनन्, त्यसपछि परिवारका सदस्यले बालिका खोज्न निस्किए। सो लगत्तै छिमेकी गाउँमा ग,म्भीर अवस्थामा बालिका फेला परिन्।

बालिकाले आफूलाई दुबै युवकले ब,लात्कार गरेको परिवारका सदस्यहरुलाई बताइन्। त्यसपछि परिवारका सदस्य दुवै युवकलाई खोज्न निस्किए। छिमेकी गाउँमा दुवै युवकलाई मोटरसाइकलसहित फेला पारे।

त्यसपछि गाउँका महिला र पुरुष दुवै युवकलाई सोधपुछ गर्न पीडित बालिकाको गाउँ पुगे। बालिकाले युवकहरुसामु पूरा घ,टनाक्रम सुनाइन्।

बालिकाको बयानपछि गाउँलेहरूले दुवै युवकहरुलाई कुटपिट गरे र मोटरसाइकलसहित दुवैको शरीरमा मट्टीतेल छर्केर आगो लगाइ दिए। घ,टनाको जानकारी पाएलगत्तै प्रहरी टोली घ,टनास्थल पुगेको थियो।

दुवै युवालाई अस्पताल लगिएको छ। जसमा उपचारका क्रममा एक युवकको मृ,त्यु भएको छ। घ,टनापछि उक्त क्षेत्रमा तनावग्रस्त भएको छ।बाक्लो रुपमा प्रहरी गाउँमा परिचालन गरिएको छ।

दुई जनालाई जिउँ दै जलाएको घ,टनापछि गाउँमा ठूलो संख्यामा फौज तैनाथ भए पनि प्रहरीले संवेदनशील विषय भएको भन्दै थप जानकारी दिन नमानेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। इलाका प्रमुख मनिषचन्द्र लालले घ,टनाको अनुसन्धान भइरहेको, केही सुराक फेला परेको बताए।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal