कडा सुरक्षा घेराबीच बाजुरा बुढीगंगामा पुनः मतदान
कैलाली । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतले पुनः निर्वाचन गर्ने फैसला गरेसँगै आज मतदान भइरहेको हो ।
१० बुथका १९ मतदान केन्द्रमा १३ हजार ६ सय ५९ मतदाताले मतदान गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले जानकारी दिए ।
अहिले बाक्लो सुरक्षा घेराभित्र मतदान भइरहेको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार मतदातासँगै रहेर नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । दोस्रो घेरामा शसस्त्र प्रहरी र बाहिर घेरालाई नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ ।
कुनै पनि अप्रिय घटना नहुन दिने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । पर्याप्त मात्रामा राष्ट्रिय अनुसन्धान र निर्वाचनमा कर्मचारी पनि खटिएका छन् । प्रहरीलाई मतदान केन्द्रमा मात्र नभई गाउँ(गाउँमा पनि बाक्लोरूपमा अटाइएको छ ।
यसअघि मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेको अध्यक्षतामा सर्वदलीय बैठक बसी निर्वाचनलाई निष्पक्ष बनाउनेमा कांग्रेस, एमालेलगायतका केन्द्रीयस्तरका नेताहरूले साझा प्रतिबद्धता जाहेर गरेका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





