कडा सुरक्षा घेराबीच बाजुरा बुढीगंगामा पुनः मतदान

२०७९ असार २३ गते, बिहीबार

कैलाली । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतले पुनः निर्वाचन गर्ने फैसला गरेसँगै आज मतदान भइरहेको हो ।
१० बुथका १९ मतदान केन्द्रमा १३ हजार ६ सय ५९ मतदाताले मतदान गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले जानकारी दिए ।
अहिले बाक्लो सुरक्षा घेराभित्र मतदान भइरहेको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार मतदातासँगै रहेर नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । दोस्रो घेरामा शसस्त्र प्रहरी र बाहिर घेरालाई नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ ।
कुनै पनि अप्रिय घटना नहुन दिने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । पर्याप्त मात्रामा राष्ट्रिय अनुसन्धान र निर्वाचनमा कर्मचारी पनि खटिएका छन् । प्रहरीलाई मतदान केन्द्रमा मात्र नभई गाउँ(गाउँमा पनि बाक्लोरूपमा अटाइएको छ ।
यसअघि मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेको अध्यक्षतामा सर्वदलीय बैठक बसी निर्वाचनलाई निष्पक्ष बनाउनेमा कांग्रेस, एमालेलगायतका केन्द्रीयस्तरका नेताहरूले साझा प्रतिबद्धता जाहेर गरेका छन् ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal