हर्क साम्पाङले एक महिनामा गरेको धरानको विकास ।

२०७९ असार १६ गते, बिहीबार

धरान उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार हर्क साम्पाङले मेयर निर्वाचित भएको छोटो समयमै एक पछि अर्को जनमुखि काम गरेर धरानबासीको मन जितिरहेका छन् ।

दुनिँयाले के भन्छ साम्पाङलाई कुनै चासो छैन उनलाई म के गरिरहेको छु जनताको लागि जनपक्षीय काम कसरी गर्न सकिन्छ त्यो मात्रै चासो छ । ठूलो फार्तीफूर्ती होइन साना साना कुरा तर जनताको जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई सिरोपर गर्दै बिकाश र जनताका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बढी चासो र चिन्ता लिने गरेका छन् ।

मेयर साब बनेर कुनै भिआइपी जसरी महंगो गाडी चढेर उनी हिँडेका छैनन् । साधारण जनताको जीवनशैली र हर्कको जीवनशैली उस्तै छ। जनता भन्दा फरक आफुलाई नदेखाउँन उनले सक्दो प्रयास गरेका छन् ।
साम्पाङ अहिले पनि आफ्नो निजी मोटरसाइकल चढेर हिड्ने गर्दछन् । केहि दिन अघि त उनले पेट्रोलको मूल्य अत्यधिक बढे पछि साइकल किन्नु पर्छ की के हो रु भनेर साइकलको मूल्य समेत सोधेका थिए । सडकको फोहर टिप्न जनतासँगै देखीने साम्पाङ श्रमदानका लागी जननासँगै बसेर गिटि फुटाइरहेका देखिन्छन् ।

आफैँलै हम्मर हानेको , पसिना बगाउँदै काम गरेका, जनताको घेरामा बसेको तस्बिरहरु समाजिक संजालमा प्रसस्त देख्न सकिन्छ । फोहोर मैला व्यवस्थापनका लागी देश विदेशका नेपालीहरुले पनि उनलाई प्रशस्त सहयोग गरिरहेका छन् ।

रोचक कुरा त आफ्ना गतिविधीहरुको तस्बिर उनी आफैँले सामाजिक संजलामा अपलोड गर्दछन् । महत्वपुर्ण बिषयहरु आफ्नो मत अभिमतहरु पनी उनी फेसबुकमा लेखिरहन्छन् । कतिपयले फेसबुकमा धेरै स्टााटस नलेख्न पनि उनलाई सुझाव दिन्छन् तर उनी निरन्तर लेखिरहन्छ । आफुलाई फेसबुकलेनै मेयर बनाएको साम्पाङले भन्ने गरेका छन् ।

स्थानिय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भनिन्छ । जनतासँगै खाने , बस्ने र भिज्ने गरेर स्थानिय सरकार कस्तो हुनु पर्छ भन्ने नमुना पनि साम्पाङले देखाइरहेका छन् । एक्लै संघर्ष गरेर धराने जनताले मेयरको कुर्सिमा पुर्याइदिएका उनी कसले के आलोचना गर्छ मतलव नराखी आफ्नै काममा खटिएका छन् ।

साम्पाङले आफूलाई अहिलेसम्म त्यस्तो असहज केही पनि नभएको बताएका छन् । मलाई त्यस्तो कुनै असहजता छैन, सबैले सहयोग गरिरहनु भएको छ, उनले भने जे जस्तो आइलाग्छ, त्यसलाई त्यस्तै तरिकाले मिलाउँदै जाने हो, म डराएको पनि छैन, मलाई अप्ठ्यारो लागेको पनि छैन । पुराना नीति, नियम, कानुन र प्रक्रियाका बाबजुद आफूलाई त्यस्तो अड्चन महसुस नभएको उनको भनाइ छ ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal