पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन ।
काठमाडौँ, असार १५ गते । पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन । मूल्य बढ्दा माग घट्ने अपेक्षा गरिए पनि पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा १० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ ।गत वर्षको तुलनामा सवारीसाधनको प्रयोग र बिक्री वितरण पनि बढ्दा पेट्रोलियमको मूल्य बढे पनि यसको खपत नघटेको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल र डिजेलको खपत वार्षिक १० प्रतिशतका दरले बढेको छ । “मूल्य बढे पनि पेट्रोलियम पदार्थको खपत घटेको देखिँदैन,” उहाँले भन्नुभयो, यो वर्ष इन्धनको परिणाम र मूल्य दुवै बढेको छ ।२०७८ असार ९ मा प्रतिलिटर १२७ रुपियाँ रहेको पेट्रोलको मूल्य बढेर २०७९ असार ५ मा आइपुग्दा हालसम्मकै उच्च प्रतिलिटर १९९ रुपियाँसम्म पुगेको थियो । गत वर्षको सोही समयमा ११० रुपियाँ प्रतिलिटर रहेको डिजेलको मूल्य असार ५ सम्म आइपुग्दा १९२ रुपियाँ पुगेको थियो ।मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि गत शनिबार कर कटौती गर्ने गरी सरकारले पेट्रोल लिटरमा २० रुपियाँ र डिजेलमा २९ रुपियाँ घटाइएको थियो । हाल बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपियाँ र डिजेल प्रतिलिटर १६३ रुपियाँ कायम छ । एक वर्षकै अवधिमा डिजेल लिटरमा ८२ र पेट्रोल ७२ रुपियाँ मूल्य बढेको छ ।बढ्दो सवारीसाधनको प्रयोग र विकास निर्माणको कामले गर्दा डिजेल पेट्रोलको खपत १० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार मुलुकभर करिब ४० लाख सङ्ख्यामा सवारीसाधन रहेका छन् । निगमका अनुसार चालू आवको साउनदेखि जेठ महिनासम्म दुई खर्ब ८१ अर्ब ६१ करोड रुपियाँ बराबरको २७ लाख ९२ हजार ४२७ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास हवाई इन्धन, ग्यास) आयात भएको छ । कुल आयातमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षभर एक खर्ब ५५ अर्ब रुपियाँ बराबरको २८ लाख किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य बढेकाले झन्डै दोब्बर रकमको आयात भएको हो ।चालू आवको ११ महिनामा सबैभन्दा धेरै डिजेल एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपियाँ बराबरको १५ लाख २६ हजार २३२ किलोलिटर आयात भएको छ । यस्तै ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपियाँ बराबरको छ लाख ४७ हजार ११० किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै सो अवधिमा ५९ अर्ब १६ करोड ६४ लाख सात हजार रुपियाँ बराबरको चार लाख ६६ हजार ९७१ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्याङक छ ।यस्तै १४ अर्ब ३४ करोड ७८ लाख एक हजार रुपियाँ बराबरका एक हजार ९७० किलोलिटर मट्टितेल र १२ अर्ब ८८ करोड २८ लाख ११ हजार रुपियाँ बराबरको एक लाख ३७ हजार १४४ किलोलिटर हवाई इन्धन आयात भएको छ ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





