अफगानिस्तानमा भू,कम्पबाट मृ,त्यु हुनेको संख्या १ हजार नजिक

२०७९ असार ८ गते, बुधबार

बुधबार बिहानै आएको भू,कम्पमा परी अफगानिस्तानमा कम्तीमा नौ सय २० जनाको मृ,त्यु भएको छ।

प्रकोप व्यवस्थापन अधिकारीहरुका अनुसार ६.१ रेक्टर स्केलको भूकम्पमा परी छ सयभन्दा धेरै घा,इते भएका छन्।

पहाडी इलाकामा भूकम्प गएका कारण हताहतीको संख्या अझै बढ्ने अनुमान गरिएको डनले जनाएको छ।

अफगानी मिडियाहरुले भूकम्पपछिको दृश्यहरु सार्वजनिक गरिरहेका छन् जहाँ मानिसका घरहरु भग्नावशेषमा बदलिएको र जमिनमा श,वहरु असरल्ल देखिएका छन्।

घा,इतेको उद्धारका लागि, मेडिकल सामग्री आपूर्तिका लागि हेलिकप्टरहरु परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। ‘केही गाउँहरु पहाडी दुर्गम स्थानमा रहेकाले मर्ने र घा,इते हुने संख्या बढ्नसक्नेछ’ त्यहाँको गृह मन्त्रालयले भनेको छ।

सनाखत भएको मृ,त्यु धेरैजसो पूर्वी प्रान्त पक्तिकाका रहेको बताइएको छ। त्यहाँ मात्रै २ सय ५५ मानिसको मृ,त्यु र २ सय बढी घा,इते भएका थिए। त्यस्तै खोस्ट प्रान्तमा २५ जनाको मृ,त्यु र ९० जनालाई अस्पताल लगिएको बताइएको छ।

बुधबारको भू,कम्प सन् २००२ यताकै विनाशकारी रहेको बताइएको छ। अमेरिकी भौगर्भिक सर्वेका अनुसार १ः५४ बजे ९पीएसटी० खोस्ट सहरबाट ४४ किमि दूरीमा पाकिस्तानसँगको सीमानजिकै भू,कम्प गएको थियो।

पाकिस्तान र भारतमा समेत थाहा हुने गरी भएको भूकम्प ५ सय किमिमा झण्डै ११ करोड ९० लाख मानिसले थाहा पाएका थिए।

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal