आजदेशभरि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा।

२०७९ असार ८ गते, बुधबार

सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो। सरकारको निर्णयमा चित्त नबुझेका कारण अत्यावश्यक सेवा बन्द गर्ने घोषणा गरेको संघले जनाएको छ।

बाध्यात्मक रूपमा यस संघसँग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९ असार ८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं संघले भनेको छ। सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ। अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन्। ‘बिहान पहिलो उडान सबैले एकैपटक गर्दा ट्राफिक जाम होल्डिङमा बस्नुपर्ने जस्ता समस्या भयो सिटौलाले भने उता बाहिरका विमानस्थलको क्षमता भने प्रयोगमा आउन सकेन।

उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने भएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिकप्टरको हकमा आज मंगलबार र जहाजको हकमा असार १३ गतेबाट यो नियम लागू हुँदैछ।

त्यस्तै असार १३ गतेबाट लागू हुने गरी जहाज कम्पनीहरूलाई काठमाडौं बाहिरका विमानस्थलमा आधार तोकिएको छ। हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन्। ३५ वटा जहाज भने काठमाडौंबाहिर पुग्नुपर्ने प्रवक्ता सिटौला बताउँछन्

सीता एयरका चारमध्ये तीन वटा, गुणका सातमध्ये पाँच वटा र नेपाल एयरलाइन्सका सञ्चालनमा रहेका दुई वटा ट्विनअटरमध्ये एउटाले उपत्यका बाहिरबाट पहिलो उडान गर्नु पर्नेछ।

एयरलाइन्सहरू काठमाडौंबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने सिटौलाले जानकारी दिए।

172 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal