पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

काठमाडौं– पर्यटकलाइ घुमाउँदै बसमै पार्टीको मनाेरंजन दिने लक्षसहित ‘पार्टी बस नेपाल’ पुनः सञ्चालन (रिलन्च) मा आएको छ । ‘रेस नेपाल प्रालि’  द्वारा सञ्चालित यस पार्टी बसको एक विशेष समारोहबीच औपचारिक पुन सुरूआत गरिएको हो । पार्टी बस नेपालमा बसमा चढेर घुम्दै, खानपिन, नाचगान गर्दै मनाेरंजन लिन सकिन्छ ।

यस आधुनिक बसमा ३० जनाले पार्टी गर्न सकिने क्षमता छ । बसमा प्रवेश गर्दा कुनै सुविधासम्पन्न लाउन्ज वा क्लबमा प्रवेश गरेको झल्को आउँछ। आकर्षक नियोन लाइट, आरामदायी लक्जरी सोफा, खानपिनका लागि सुसज्जित बार र बीच भागमा डान्स पोलको समेत व्यवस्था गरिएको छ। रिलन्च कार्यक्रमका सहभागीहरू शक्तिशाली म्युजिक सिस्टममा गुञ्जिएका गीतको तालमा बसभित्रै नाचगान गर्दै र सिटमा झुम्दै यात्राको आनन्द लिइरहेका देखिन्थे। बाहिरबाट आकर्षक बैजनी र कालो रंगको ‘नाइट लाइफ’ थिम दिइएको यो बस गुडिरहँदा सडकमा समेत विशेष आकर्षणको केन्द्र बनेको थियो। बसले पार्टीमा सहभागीहरूलाइ दरबारमार्गबाट चक्रपथ परिक्रमा गराएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर श्रेष्ठले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी पहिलोपटक मोबाइल मनोरञ्जनको नयाँ अवधारणासहित यसको सुरुआत गरिएको स्मरण गरे । उनले भने, “कोभिड महामारीका कारण व्यवसाय रोक्नुपर्ने अवस्था आएपछि हामीले यसलाई बन्द नगरी भारतमा पुर्‍याएर निरन्तरता दिएका थियौँ । तर यसको वास्तविक पहिचान र आवश्यकता नेपालमै भएकाले स्वदेशी पर्यटन उद्योगलाई सघाउन हामी फेरि यसलाई आफ्नै घर फर्काएर ल्याएका छौँ ।”

सीईओ श्रेष्ठका अनुसार कम्पनीले अब सेवा विस्तारको नयाँ योजना अघि सारेको छ । निकट भविष्यमै नेपालका प्रमुख सहरहरूमा सेवा विस्तार गर्दै कारभान र क्याम्पर भ्यानहरूसमेत सञ्चालनमा ल्याइने उनले बताए ।

चलिरहेको बसभित्रै उत्कृष्ट संगीत, बार सुविधा र नाचगानको अनौठो संगम प्रदान गर्ने ‘पार्टी बस’ नेपाली पर्यटन बजारमा युवापुस्ता तथा पर्यटकहरूका लागि पुनः एक नयाँ र आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

37 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal