देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा प्रदर्शनका क्रममा आगजनी, तोडफोड, लुटपाट र सडक अवरोधका घटना भएको छ ।
स्थानीयका अनुसार विशेषगरी कोशी कटान क्षेत्रमा रहेका पसलहरूमा तोडफोड, आगजनी र केही स्थानमा लुटपाटसमेत भएको छ। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने अन्य सडकमा पनि टायर बालेर प्रदर्शन गरेका छन् । घटनापछि स्थानीय प्रशासनले देवानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
उता भोक्राहा नरसिंह गाउँपालिकाको अवस्था पनि तनावपूर्ण बनेको छ। वडा नम्बर ५, ६ र ७ मा हिन्दु र मुस्लिम समुदायका केही युवाबीच ढुंगामुढा भएको स्थानीयले बताएका छन्। उक्त क्षेत्र मुख्य बजारभन्दा भित्र पर्ने भएकाले सुरक्षाकर्मी तत्काल पुग्न नसकेको दाबी गरिएको छ।
कोशी गाउँपालिका–४, कटानस्थित पूर्वपश्चिम राजमार्गमा रहेका किराना पसलहरूमा आगलागी र लुटपाट भएको छ । जनप्रतिनिधिका अनुसार घटनामा तीन जनाको संलग्नता रहेको र सुरक्षाकर्मीलाई खबर गरिए पनि त्यहाँ अहिले पनि प्रदर्शन जारी छ ।
स्थानीयका अनुसार कोशी कटान क्षेत्रका केही व्यक्तिमाथि कुटपिट भएको छ भने भोक्राहा नगरपालिका–६ का करिम अन्सारीमाथि घरभित्रै प्रवेश गरेर कुटपिट गरिएको आरोप लगाइएको छ। केही स्थानीयका घरमा आगजनी भएको दाबी पनि गरिएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





