देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा प्रदर्शनका क्रममा आगजनी, तोडफोड, लुटपाट र सडक अवरोधका घटना भएको छ ।

स्थानीयका अनुसार विशेषगरी कोशी कटान क्षेत्रमा रहेका पसलहरूमा तोडफोड, आगजनी र केही स्थानमा लुटपाटसमेत भएको छ। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने अन्य सडकमा पनि टायर बालेर प्रदर्शन गरेका छन् । घटनापछि स्थानीय प्रशासनले देवानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

उता भोक्राहा नरसिंह गाउँपालिकाको अवस्था पनि तनावपूर्ण बनेको छ। वडा नम्बर ५, ६ र ७ मा हिन्दु र मुस्लिम समुदायका केही युवाबीच ढुंगामुढा भएको स्थानीयले बताएका छन्। उक्त क्षेत्र मुख्य बजारभन्दा भित्र पर्ने भएकाले सुरक्षाकर्मी तत्काल पुग्न नसकेको दाबी गरिएको छ।

कोशी गाउँपालिका–४, कटानस्थित पूर्वपश्चिम राजमार्गमा रहेका किराना पसलहरूमा आगलागी र लुटपाट भएको छ । जनप्रतिनिधिका अनुसार घटनामा तीन जनाको संलग्नता रहेको र सुरक्षाकर्मीलाई खबर गरिए पनि त्यहाँ अहिले पनि प्रदर्शन जारी छ ।

स्थानीयका अनुसार कोशी कटान क्षेत्रका केही व्यक्तिमाथि कुटपिट भएको छ भने भोक्राहा नगरपालिका–६ का करिम अन्सारीमाथि घरभित्रै प्रवेश गरेर कुटपिट गरिएको आरोप लगाइएको छ। केही स्थानीयका घरमा आगजनी भएको दाबी पनि गरिएको छ ।

59 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal