गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्यौँ, बचाउन सकेनौँः वीर अस्पताल
काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर अस्पतालले प्रष्टीकरण दिएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. १ निवासी नेपालीको शुक्रबार बिहान ११ः१९ बजे दुःखद निधन भएको जनाएको छ।
अस्पतालका अनुसार शरीरको करिब ५५ प्रतिशत भाग जलेको अत्यन्तै नाजुक र जटिल अवस्थामा उनलाई हिजो वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएदेखि नै उनको जीवन रक्षाका लागि विशेषज्ञ टोलीले सघन उपचार कक्षमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा २४सै घण्टा निरन्तर उपचार गरिरहेको थियो ।
बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पतालका प्लास्टिक सर्जरी, एनेस्थेसिया र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू तथा नर्सिङ स्टाफको टोलीले उनको ज्यान बचाउन चिकित्सा विज्ञानले भ्याएसम्मका सबै प्रयास गरेका थिए । उनलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी भइरहेकै अवस्थामा अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएको थियो ।
त्यसपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म अथक प्रयास जारी राखेका थिए । अस्पतालको विशेषज्ञ टोली र राज्य संयन्त्रको तर्फबाट रात-दिन नभनी उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गरी निरन्तर प्रयास गर्दा पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन र उपचारकै क्रममा उनको असामयिक निधन भयो ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





