वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१० बस्ने पाल्पा घर भएकी ४८ वर्षीय मेनुका ढुंगाना, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सन्जु तामाङ, टोखा नगरपालिका-८ बस्ने सिन्धुली घर भएकी ३८ वर्षीया सुमित्रा कोईराला, गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएकी ३७ वर्षीया रंजना कोईराला, गोकर्णेश्वठर नगरपालिका-६ बस्ने गोरखा घर भएका ३२ वर्षीय सन्तोष तामाङ र काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ५१ वर्षीय धात्री प्रसाद पोख्रेल रहेका छन् ।
पक्राउ मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ, सन्जुले ग्रिस पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ, सुमित्राले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, रंजनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ, सन्तोषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८४ हजार रूपैयाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोषलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार तथा सन्जु, सुमित्रा, रंजना र धात्री प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट, मेनुकालाई काठमाडौं महानगरपालिका-११ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
ताजा
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





