चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
काठमाडौं । चितवन टाडी माइती भएकी ३९ वर्षिय दिया क्षेत्रीले आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रीले श्रीमान परस्त्रीसँग लागेर ६ महिना अगडि सुन र गरगहना लगेर फरार रहेको बताइन् ।
सुनसरी जिल्ला चक्रघटी गाउँपालिका ८ स्थायी घर भएका माधव क्षेत्री अर्को महिलासँग लागेर फरार भएपछि चितवनको खैरेनी प्रहरी चौकीमा फागुनमा उजुरी दिएको जानकारी दिएकी छन् । लामो समयदेखि आफूलाई शारीरिक तथा मानसिक यातना दिदै आएको बताउँदै भनिन्,“तैले बढी गरिस भने ‘मारेर तेरो मासु कुकुरलाई खुवाउँछु’ भनेर धम्की दिएका छन्, उसलाई पक्रेर कारवाही नभए मेरो ज्यानमाथि खतरा छ ।”
अभियान्ता सोभा पाठकले पीडक माधव क्षेत्रीलाई तत्काल पक्रेर कानुनी कारवाही र पीडतको ज्यानको सुरक्षाको लागि राज्यसँग माग गरेकी छन् । पाठकले भरखरै मात्रै पुनर्बहाली भएका गृहमन्त्री सुदन गुरुङ पीडितको आशाको किरण भएको जिकिर गर्दै दियालाई पनि न्याय दिनेमा पूर्ण आशावादी रहेको बताईन् ।
पीडित क्षेत्रीको बहिनी कृष्णमाया दराईले पीडक माधव क्षेत्रीबाट दिदीलाई निरन्तरको शारीरिक तथा मानसिक यातनाले उच्च रक्तचापको समस्या आएको बताइन् । पीडकबाट निरन्तर धम्की आइरहेकोले उनलाई ज्युज्यानको सुरक्षा तथा न्यायको माग गरेकी छन् । पत्रकार पवित्रा लामाले दिया जस्तै हजारौं महिलाहरु आफ्नै घरपरिवार तथा अपरिचित पुरुषहरुबाट पीडित भइरहेकाले राज्यले कडा कानुन बनाउन माग गरिन् ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





