पार्टी फुटाएर पद पाइन्छ भन्ने भ्रम नपाल्नू, नत्र माधव नेपालको जस्तो हालत होलाः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विभाजन गरेर कोही नेता कार्यकर्ता जान्छन् भने ‘माधव नेपाल’को हालत हुने चेतावनी दिएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले सबै फुटको प्रकृति एकै नहुने बताए। वर्तमान समयमा शेरबहादुर देउवा समूहले पार्टी विभाजन तहसम्मकै गतिविधि गरिरहेकोप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन्।
‘हामी तयार छौँ’ अभियानको शुरूआतअघिको प्रशिक्षणलाई सम्बोधन गर्दै सभापति थापाले पालिका तहसम्म गएर नेता कार्यकर्ताहरूलाई यस विषय स्पष्ट रूपमा बुझाउन अनुरोध पनि गरे। असन्तुष्ट समूहले अधिवेशन गरिरहेकोप्रति संकेत गर्दै उनले त्यो अधिवेशन कांग्रेसको हुन नसक्ने समेत स्पष्ट पारे।
सर्वोच्च अदालतको मुद्दाको औचित्य नहुनेतर्फ संकेत गर्दै उनले ‘पार्टी विभाजन भए पनि भोलि मिलिहाल्छ र पद पाइहाल्छु’ भन्ने तहबाट भ्रम नपाल्न पनि अनुरोध गरे। उनले कांग्रेसको जस्तो मुद्दामा पाँचपटक सर्वोच्च अदालतबाट भएको फैसलाको नजिर भएको भन्दै कांग्रेस विवाद टुंगिसकेको स्पष्ट पारे।
‘एक पटक नेपाली कांग्रेस फुट्यो अनि दुईवटा भयो र अलि पछि मिल्यो। त्यसरी नै अहिले सभापति भएको मान्छेलाई सहसभापति हुन्छु भन्ने लागेको भए त्यो साथीलाई बताइदिनुहोस् कि नेपालमा कांग्रेस मात्र फुटेको छैन, एमाले पनि फुटेको छ,’ उनले भने, ‘एमाले फुट्दै गर्दा अहिले माधव नेपाल कता हुनुहुन्छ भन्दिनुहोस्। सधैँभरि फुटको कुरा एकै तरिकाले जाँदैन।’
ताजा
पार्टी फुटाएर पद पाइन्छ भन्ने भ्रम नपाल्नू, नत्र माधव नेपालको जस्तो हालत होलाः गगन थापा
२०८३ मंसिर १३ गते, आईतवार
पार्टी फुटाएर पद पाइन्छ भन्ने भ्रम नपाल्नू, नत्र माधव नेपालको जस्तो हालत होलाः गगन थापा
२०८३ मंसिर १३ गते, आईतवार
रास्वपा पार्टी कार्यालय अगाडि पत्रकारको धर्ना
२०८३ मंसिर १३ गते, आईतवार
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
विश्वप्रकाश शर्माद्वारा ईनम प्रकरणमा पारदर्शिता र संसदीय छानबिनको माग
२०८३ मंसिर १२ गते, शनिबार
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
२०८३ मंसिर १२ गते, शनिबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





