मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन हालै सम्पन्न भएको छ ।

सभामुख डिपी अर्यालको प्रमुख आतिथ्यता तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायनमिलनथापाको अध्यक्षतामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले समाजसेवाका लागि परिचित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे । उनले संस्थामा राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको शुद्ध सामाजिक चरित्र कायम रहनुपर्नेमा जोड दिए ।

कन्भेन्सन कार्यक्रममा सभामुख अर्यालसहित लायन्स क्लबको सदस्य रहेका सांसदहरु, पाष्ट डिष्ट्रिक्ट गभर्नरहरु, चालू लायनवर्ष तथा आगामी लायनवर्षका डिष्ट्रिक्ट गभर्नरहरुलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी सामाजिक सेवाका कार्यमा उत्कृष्ट कार्य गर्ने १५ वटै डिष्ट्रिक्टका क्लब तथा लायन्स लिडरहरुलाई पनि सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

प्रमुख अतिथि अर्याल लगायत अन्य अतिथिहरुले मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सनका अवसरमा प्रकाशित सुभेनियर र मल्टिपल डिष्ट्रिक्टले नियमित प्रकाशन गर्दै आइरहेको लायन म्यागजिन विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीले नेपालमा लायनिज्मले गरेको प्रगतीको चर्चा गरे । उनले ५४ वर्षको इतिहासमा पहिलोपटक मल्टिपल काउन्सिल चेयरपर्सनमा महिला नेतृत्व पुगेको र सफलतापूर्वक कार्यकालसमेत सम्पन्न हुन लागेको बताउँदै मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको प्रशंसा गरे । त्यसैगरी पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले आगामी जुलाई ३ देखि ७ सम्म हङकङमा हुन लागेको इन्टरनेसनल कन्भेन्सनको बारेमा जानकारी गराए । साथै उनले मल्टिपल काउन्सिल चेयरपर्सन लायनमिलनथापाको कार्यशैली र कुशल नेतृत्वको प्रशंसा गर्दै कार्यकाल सफल र ऐतिहासिक बनाएकोमा बधाई दिए ।

कार्यक्रममा आईडी इन्डोर्सी लायन राजन लम्सालले पनि आफ्नो भनाई राख्दै आगामी वर्षदेखि सुरु हुने इन्टरनेसनल डाइरेक्टरको कार्यकामा सहयोग गर्न आग्रह गरे । कार्यक्रमको अध्यक्षतथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाले भदौ २३ र २४ गते भएको आन्दोलनले घर र सम्पती सखाप हुँदा लायन्स सदस्यहरुले देखाएको सहानुभूति र सहयोगका कारण नै आफुले सामाजिक सेवाका कार्यलाई निरन्तरता दिन सकेको बताइन् । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने तथा कार्यक्रम सम्पन्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् ।

कार्यक्रमको व्यवस्थापन डिष्ट्रिक्ट ३२५ जी ले गरेको थियो । डिष्ट्रिक्ट जी का डिष्ट्रिक्ट गभर्नर लायन विधान जोशीले कन्भेन्सन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टका ६०० भन्दा बढी लायन्स लिडर तथा सदस्यहरुको सहभागिता थियो ।

 

61 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal